एमालेलाई दियो सरकारले यस्तो चेतावनी

189

एमालेलाई सरकारको चेतावनी

सरकारका प्रवक्ता मोहन बस्नेतले संसद्मा ठूलो आकार पाएको एमालेलाई लक्षित गरी ‘चेतावनी’ को भाषा प्रयोग गरेका छन् । उनले संसद्को ठूलो दलले सरकार बनाउने सामान्य नियम भए पनि विगतमा तेस्रो ठूलो दलले समेत सरकार बनाएको सम्झिन आग्रह गरेका छन् ।

‘स्मरण रहोस्, देशमा संविधानअनुसार विगतमा संसद्मा तेस्रो स्थानमा रहेको दलको नेतृत्वमा पटकपटक सरकार गठन भएको इतिहास पनि सबैको मानसपटलमा ताजै छ,’ प्रवक्ता बस्नेतले भने, ‘विगतमा कानुनी प्रक्रिया पूरा नगरिदिएका कारण प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि ६÷६ महिनासम्म सरकार गठन हुन नसकेको नमिठो अनुभव पनि हामीले बेहोरेका छौं ।’यो खबर आजकोनागरिकले लेखेको छ, सम्पन्न निर्वाचनअनुसार संसद्मा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो दलको हैसियतमा देखिने भएका छन् ।

मन्त्री बस्नेतले निर्वाचन सम्पन्न भएपछि गरिएका नियुक्तिप्रतिको आलोचनाको प्रतिवाद गर्दै प्रधानमन्त्रीले राजीनामा नदिएसम्म यो क्रम चलिरहने जनाएका छन् । ‘प्रधानमन्त्रीले राजीनामा नदिउन्जेल नियुक्ति गरिन्छ, कानुनतः पनि गर्न पाइन्छ’, बस्नेतले भने । सरकारको कार्यक्षेत्रभित्र पसेर एमाले नेताहरू तथा केही वकिलले कानुनको अपव्याख्या गरेको टिप्पणी पनि उनले गरे ।