बिटक्वाईन का लगानीकर्तामा हाहाकार यसरी घट्दै मूल्य

300

विद्युतीय मुद्रा ‘बिटक्वाइन’ को मूल्य अघिल्लो साता चार वर्षयताकै सबैभन्दा तल्लो विन्दुमा झर्‍यो । हालसम्मकै उच्च विन्दुको तुलनामा गत शुक्रबार यसको मूल्य ४५ प्रतिशतले घटेर ११ हजार अमेरिकी डलरमा पुगेको ‘क्वाइनडेस्क एक्सचेन्ज’ वेबसाइटले जनाएको छ ।

केही दिनअघि २० हजार अमेरिकी डलरमा पुगेको ‘बिटक्वाइन’ विश्लेषकले तल झर्ने चेतावनी दिएलगत्तै लगानीकर्ताहरूले बिक्री गर्न थालेपछि मूल्य ह्वात्तै घटेको सञ्चार माध्यमहरूले जनाएका छन् । सन् २०१३ को अप्रिलयता ‘बिटक्वाइन’ यो विन्दुमा पुगेको पहिलो हो ।
सुरुको वर्षयता २० गुणाले बढेको बिटक्वाइन सबैभन्दा ठूलो र राम्रो डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) का रूपमा स्थापित हुन सफल भएको छ । भच्र्युअल मुद्राका रूपमा समेत चिनिने ‘बिटक्वाइन’ मा लगानी गर्नेहरूका लागि गत शुक्रबार सबैभन्दा निराशाजनक दिन रहयो । २० हजार डलरको रेकर्ड बनाएको बिटक्वाइनको मूल्य एक तिहाइले तल झर्दा लगानीकर्ता निराश हुनुस्वाभाविकै हो ।
‘क्वाइनडेक्स एक्सचेन्ज’ का अनुसार हालैका दिनहरूमा तीव्र गतिमा माथि उक्लेको यो शुक्रबार दिनभरि ११ हजार डलरको हाराहारीमा रहेको थियो । बजार मूल्य तल झरेको समाचार फैलिएलगत्तै बिटक्वाइनको कारोबार रोकिएको थियो । ‘क्वाइनबेस’ ले प्राविधिक कारण भन्दै दुईपटकसम्म कारोबार रोकेको बीबीसीले जनाएको छ । अमेरिकी एक्सचेन्ज कम्पनी सीएमई र सीबीओईले पनि आफ्नो कारोबार केही समयका लागि रोक्नुपरेको जनाएका छन् । नेपाललगायत विभिन्न मुलुकमा ‘बिटक्वाइन’ प्रतिबन्धित छ । यहाँ ‘बिटक्वाइन’ को कारोबार गर्न पाइँदैन । बजारमा भने यसको माग धेरै छ । ‘बिटक्वाइन’ यो वर्ष तातो बहसको विषयका रूपमा रहयो । यसमा लगानी गर्नेहरूको संख्या बढ्दै गयो ।
नोभेम्बर १ मा बिटक्वाइनको मूल्य झन्डै ७ लाख रुपैयाँको हाराहारीमा पुगेको थियो भने डिसेम्बरको सुरुमा यो भ्यालुले करिब १५ लाख रुपैयाँ पार गरेको थियो । कयौं मुलुकमा चेतावनी जारी गरे पनि बिटक्वाइनप्रति मानिसको आकर्षण बढ्दो छ ।