माओवादी केन्द्र र एमालेबीच पार्टी एकताको प्रक्रिया चलिरहेका बेला माओवादी केन्द्रको एउटा समुह पार्टीबाट चोईटिने संकेत गरेको छ ।
पार्टी एकताका बिषयमा असन्तुष्ट केन्द्रका नेताहरुले गोपाल किरातीको नेतृत्वमा ‘आठौं महाधिवेशन समूह’ बनाएका छन् । मंगलबार राजधानीमा भएको असन्तुष्टहरुकोे भेला मार्फत किरातीको संयोजकत्वमा आठौं महाधिवेशन समूह गठन गरेको हुन । साथै उनिहरुले पार्टी अध्यक्ष प्रचण्डलाई पत्र लेख्दै महाधिवेशन माग समेत गरेका छन् ।
पार्टी अध्यक्ष प्रचण्डलाई लेखेको पत्रमा माओवाद र पहिचानको मुद्दा धरापमा पारेर एकता गरे पार्टी पुनर्गठन गरेर अघि बढ्न बाध्य हुने समेत उल्लेख गरेको भेलाका संयोजक किराँतीेले टिभी अन्नपूर्णलाई जानकारी दिए ।
जनप्रतिनिधिहरु सदन र सरकारको मोर्चामा सक्रिय हुनुपर्ने भन्दै यो समूहले भनेको छ, सडक मोर्चालाई अझ प्रभावकारी तुल्याउन तत्काल पार्टी महाधिवेशन जरुरी छ ।’ प्रदेश २ मा मधेस सरकार बन्न लागेको स्वागत गरेको यो समूहले ताम्सालिङ, किरात, लिम्बुवान लगायतका स्वायत्त राज्य सरकार स्थापना गर्न संविधान संशोधनका लागीसमेत संयुक्त आन्दोलन निर्माणको आव्हान गरेको छ ।