महानगरपालिकामा कमिसनको भागवण्डा नमिल्दा मेयर र उपमेयरको लडाँई

260
काठमाडौं महानगरपालिकामा मेयर उपमेयरको जात्रा देखेर कर्मचारीदेखी नगरपालिकावासी आजित बनेका छन ।
मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी सपथग्रहण गरेकै भोलिपल्टदेखी काम गर्नेभन्दा बढि उदाण्ड मच्चाउन थालेपछि अहिले महानगरपालिकाको कार्यलय गाईजात्रे मैदानजस्तै बनेको छ ।
मेयर र उपमेयर दुवै जब कार्यलय जान्छन आआफ्ना पार्टीका कार्यकर्ता बोलाएर भोज गर्न र एकले अर्कोका बिरुद्ध भड्काउन थालेपछि अहिले महानगरपालिका कर्मचारी घुस आउने काम बाहेक गर्न छाडेका छन ।
मेयर उपमेयरको लडाईलाई कारण बनाएर कर्मचारीले नियमित काम नगर्ने तर घुस पाउने काम मात्रै गर्ने गरेको नगरपालिकाका सेवाग्राहीको आरोप छ ।
कहिले बैठकका निणर्यमा असहमति जनाएर कहिले आआफ्ना कार्यकर्तालाई बाँड्ने पैसा नमिलेर बिवाद उचाल्ने गरेकी उपमेयर हरिप्रभा खड्गी यतिबेला रानीपोखरीको बखेडा झिकेर चर्चामा आउन खोजेकी छन ।
रानीपोखरीको पर्खाल पुनर्निर्माणमा आधुनिक निर्माण सामग्री कंक्रिटको प्रयोग गरेको बिषयमा बैठकमा केही नबोल्ने खड्गी सडकमा आएर मेयर शाक्यलाई चुनौती दिन थालेकी छन । केहीदिनदेखी यहि बिवादले नगरपालिकामा बिभिन्न कामले पुग्ने सेवाग्राही समस्यामा परेका छन ।
मंगलबारपनि मेयर र उपमेयरको गाईजात्राले नगरपालिका क्षेत्र तनावग्रस्त बन्यो । रानीपोखरीको जमलतर्फको गेटमा मंगलबार उपमेयर खड्गीले केही काँग्रेसनिकट पत्रकार जम्मा पारेर ताल्चा लगाईन ।
लगत्तै एमाले निकट केही पत्रकार जम्मा पारेर मेयर शाक्यले ताल्चा काटे र रानीपोखरी अनुगमन गरे । पदभार ग्रहणदेखी नै शुरु भएको मेयर उपमेयरको यो लडाई कमिशनका कारण शुरु भएको नगरपालिकाका कर्मचारी बताउछन ।
नगरपालिका मातहतका काममा ठेकेदारमार्फत आउने कमिशनमा मेयर र उपमेयरमा भागवण्डा नमिलेकै कारण उनिहरुबीच द्धन्द्ध शुरु भएको उनिहरुको आरोप छ ।
यसो त काठमाण्डौ महानगरपालिका का मेयर बिद्यासुन्दर शाक्य र उपमेयर हरीप्रभा खड्गी दुवै कमिसनका लागी मरिहत्य गर्ने जनप्रतिनिधीका रुपमा चिनिन्छन ।
रानीपोखरी पुर्ननिमार्णका बिषयमा समेत उनिहरुबीचको कमिशनमा ठुलै बार्गेनिङ चलेपनि मेयरसँग भागवण्डा गरेपछि उपमेयरले माग गरेको मोटो रकम नपाएपछि यसलाई बिवादको रुपमा उठाएको काठमाण्डौ महानगरपालिकाका एक कर्मचारीले बताए ।
महानगरपालिकाका मेयर र उपमेयरको यो चर्तिकलाले नगरवासीले जनताको पक्षमा काम गर्न मत दिएर जिताएका जनप्रतिनिधी आफै लडेर दिन कटाएपछि जनताको काम कस्ले गर्ने भन्ने प्रश्न तेस्रिएको छ ।