मानवतस्करी आरोपमा कन्सलटेन्सी संचालक पक्राउ

271

काठमाडौं– मानवतस्करीको आरोपमा काठमाडौंका एक एजुकेशन कन्सलटेन्सीका संचालक समातिएका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले कलंकीस्थित करिअर हब एजुकेशनल कन्सलटेन्सीका संचालक चित्र प्रसाद ढुङगेललाई शनिबार पक्राउ गरेको हो।

उनले आकर्षक रोजगारीमा दक्षिण अफ्रिका पठाउने भनेर त्यहाँ  पुर्‍याइ युवाहरुलाई ‘बिक्रि गरेको’ सिआईबीले जनाएको छ। रोजगारीका नाममा दक्षिण अफ्रिकाको एक कम्पनीमा पु¥याइएपनि उनीहरुलाई त्यहाँ शारिरीक यातना दिनुका साथै अभद्र व्यवहार समेत गरिएको थियो।

उनीहरु त्यहाँबाट भागेर नेपाल आएका थिए। सात लाख रुपैयाँ बुझाएर दक्षिण अफ्रिका पुगेका उनीहरु  भागेर नेपाल फर्किएका थिए। पैसा फिर्ता माग्दा उल्टै धम्काएपछि उनीहरुले कन्सलटेन्सी संचालक ढुङगेलविरुद्ध मानवबेचबिखन तथा ओसारपसार गरेको भन्दै सिआईबीमा उजुरी दिएका हुन्। ढुङगेललाई चन्द्रागिरीबाट पक्राउ गरिएको सिआईबीले जनाएको छ।