कक्षा ११ को नतिजा पहिलो पटक ग्रेडिङमा सार्वजनिक

307

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा पहिलो पटक ग्रेडिङ प्रणालीबाट सार्वजनिक गरेको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रणालीलाई अनुशरण गर्दै बोर्डले विद्यार्थीको प्राप्ताङ्क अनुसार नौ तहमा वर्गीकरण गरेर नतिजा प्रकाशन गरेको हो।

एसइर्इैको नतिजामा अधिकतम चार जीपीएलाई आधार मानेर प्राप्ताङ दिइएको थियो भने ११ मा पनि सोही प्रणाली अबलम्बन गरिएको छ। यस प्रणालीमा अधिकतम अंक ल्याउनेलाई ‘ए प्लस’ दिइन्छ भने यसलाइ जिपिएमा चार मानिन्छ। यस भन्दा प्रत्येक तल्लो ग्रेडमा जिपिए चारबाट जिरो दशमलव चार प्वाइन्टका दरले घटाउँदै अंक दिइने व्यवस्था छ।

११ को परीक्षामा विद्यार्थीको विषयगत रुपमा ग्रेड छुट्टयाइए पनि एकमुष्ट नतिजामा यस्तो ग्रेड दिइएको छैन। परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्यालका अनुसार कक्षा बाह्रको परीक्षापछि मात्र विद्यार्थीको नतिजा एकीकृत रुपमा आउने हुनाले त्यही बेलामा मात्र कुन ग्रेडमा उत्तीर्ण भयो भनेर छुट्टिनेछ।

विद्यार्थीले कुनै एक विषयमा डी प्लस वा डि भन्दा कम ग्रेड ल्याएको रहेछ भने माघ २७ गते हुने ग्रेड वृद्धि मौका परीक्षामा सहभागी हुन पाउने सत्यालले बताइन्। उनका अनुसार परीक्षामा ७४ जना विद्यार्थीको नतिजा रद्द गरिएको छ भने एक जनाको स्थगित भएको छ।

गत असार पहिलो साता सम्पन्न भएको परीक्षामा तीन लाख ४७ हजार सात सय ४८ जना सहभागी थिए। परीक्षा सम्पन्न भएको सात महिनापछि नतिजा सार्वजनिक भएको हो। परीक्षा सकिएको लामो समयसम्म पनि नतिजा सार्वजनिक गर्न नसकेको भन्दै बोर्डको आलोचना हुँदै आएको छ।

नतिजा हेर्न