वाल सारथीका ७६ विद्यार्थीलाई जुत्तामोजा उपहार, राजधानीकै विद्यार्थी चप्पलको भरमा

1404

काठमाडौं । राजधानीकै नीजि विद्यालयमा पढ्ने विद्यार्थी जुत्ता नभएर चप्पलको भरमा विद्यालय जान्छन भन्ने सुन्दा अचम्म लाग्छ । मंसीर र पुस महिनाको कठ्यांग्रिदो जाडोमा चप्पलको भरमा तिनीहरु कसरी विद्यालय गए होलान,सम्झिँदा पनि काम छुट्छ ।

तर जाडो सकिने बेलामै भएतापनि मंगलबार ती विद्यार्थीको गोडामा एकएकजोर छालाको जुत्ता र दुईदुई जोरमोजा परेपछि उनीहरु दंग परेका छन् ।


पशुपतिनाथ नजिक जयवागेश्वरीस्थित वाल सारथी स्कुलमा अध्ययनरत ७६ जना विद्यार्थीलाई मंगलबार जुत्ता र मोजा उपहार दिइएको थियो ।
काव्य स्कुल नयाँबानेश्वर र विष्णु बास्कोटा फाउण्डेशनको पहल तथा अमेरिकास्थित निकेल्स फर नेपालकी अध्यक्ष क्रिस्टिन हकर्टको समन्वयमा विद्यार्थीले उपहारपाएका थिए ।

अमेरिकाको टेनेसी राज्यमा बस्दै आएकी नेपाली समाज टेनेसीकी सदस्य कृष्णा महर्जनले ७६ जना विद्यार्थीलाई मंगलबार विद्यालयमा आयोजितएक कार्यक्रममा जुत्ता रमोजा उपहार दिएकी थिइन । साथै उनले ती विद्यार्थीलाई खाजाकोलागि आवश्यक पर्ने खाद्यान्न पनि दिइन ।


चप्पलको भरमा विद्यालय जाने गरेको तस्वीर देखेपछिसामजसेवी कृष्णा महर्जनले आफ्नो छोरीको जन्मदिनको अवसरमा ती विद्यार्थीलाई जुत्ता र मोजा उपहार दिएकी हुन ।

विद्यार्थीलाई जुत्ता र मोजा वितरण कार्यक्रममा दाता महर्जनका साथै विष्णु बास्कोटा फाउण्डेशनका अध्यक्ष एवम् काव्य स्कुल नयाँ बानेश्वरका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा, निर्देशकहरु धर्मेन्द्रप्रकाश राजभण्डारी, सुनिलकुमार घर्ती, दिलीप थापा, प्रेमराज अर्याल र रिजन खड्काले विद्यार्थीलाई जुत्तामोजा वितरण गरेका थिए ।


नीजि स्तरबाट स्थापना गरिएको सो विद्यालय पशुपतिनाथ र गुहेश्वरी मन्दीर आसपासका मन्दीरहरुमा मागेर जीवन यापन गर्नेका केटाकेटी र सडक वालवालिकालाई लक्षित गरि खोलिएको हो ।

माघ महिनामा माधव नारायणको मेला लाग्ने भएकोले सो विद्यालयमा पढ्न आउने विद्यार्थीको संख्या कहिले एकसयको हाराहारीमा पुग्ने र कहिले घट्ने गरेको विद्यालयकी संस्थापक प्रिन्सिपल माला खरेलले बताइन ।


मन्दीरको प्रांगणमा मागेर जीवन यापन गर्दै आएका सडक वालवालिका शिक्षाबाट वञ्चत नहुन भन्ने उद्धेश्य राखेर सो विद्यालय स्थापना गरिएको हो ।