काठमाडौं । एउटा संस्थागत विद्यालयले अर्काे सामुदायीक विद्यालयलाई सहवरण गर्नुपर्ने नेपाल सरकार,शिक्षा मन्त्रालयको नीति बमोजिम काव्य स्कुल नयाँबानेश्वरले नुवाकोटको तारुका मिजार गाउँमा रहेको श्री नमुना जनजागृति प्राविलाई सहवरण गर्दै शैक्षिक विकासमा सहयोग गर्दै आएको छ ।
काव्य स्कुलले २०६६ सालदेखिनै सो विद्यालयलाई सहवरण गर्दै त्यहाँको शिक्षा विकासमा सहयोग गर्दै आएको काव्य स्कुलका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले बताउनुभयो ।
सोही अनुरुप यो वर्ष काव्यले श्री नमुना जनजागृति प्राविलाई १ लाख ३० हजार रुपैयाँ बराबरको खेल तथा शैक्षिक सामाग्रीका साथै त्यहाँ अध्ययनरत १२० जनाविद्यार्थीलाई विद्यालय पोशाक र जुत्ता मोजा हस्तान्तरण गरेको छ ।
अमेरीकाको संस्था निकेल्स फर नेपालको सहयोग तथा काव्य स्कुल र विष्णु बास्कोटा फाउण्डेशनको समन्वयमा ती शैक्षिक सामाग्री प्रदान गरिएको हो ।
काव्य स्कुलमा आयोजित एक कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाको साथै संस्थापक निर्देशकहरु धर्मेन्द्रप्रकाश बास्कोटा, सुनिल कुमार घर्ती, रिजन कुमार खड्का र प्रेमराज अर्यालले ती सामाग्री श्री नमुना जनजागृति प्राविका प्राधानाध्यापक अर्जुनबहादुर श्रेष्ठ तथा विद्यालय व्यवस्थापन समितिका सदस्य रामशरण मझा कोटीलाई ती सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।