यस कारण पानीमा लाश किन तैरिन्छ ?

408

काठमाडौं।

कसैलाई पौडी खेल्न आउँदैन र ऊ पानीमा खसेर म–यो भने मृत शरीर पानीमा डुब्दैन, पानीमाथि तैरिन्छ । किन यसो हुन्छ त ?

खासमा जुन वस्तुको घनत्व पानीभन्दा बढी हुन्छ, त्यो वस्तु पानीमा सजिलै डुब्छ । त्यसैले गर्दा जिउँदो शरीर पानीमा डुब्छ किनकि जिउँदो शरीरको घनत्व बढी हुन्छ । तर पानीमा डुबेर मरेको शरीर सड्न थालेपछि त्यसबाट ग्यास निस्कन्छ र शरीरलाई पानीमाथि धकेल्छ ।

मृत्यु भएपछि शरीरको प्रतिरक्षा प्रणालीले काम गर्दैन र शरीर डिकम्पोज हुन्छ । यसले गर्दा ब्याक्टेरियाले हाम्रा शरीरका कोशिकाहरूलाई फुटाउन थाल्छन् । मृत शरीरमा भएका ब्याक्टेरिया बिस्तारै नष्ट हुन थाल्छन् र शरीरबाट विभिन्न ग्यास मिथेन, कार्बन डाइअक्साइड र हाइड्रोजन शरीरबाट बाहिर निस्कन्छन् ।

शरीर सड्दै जाँदा शरीर फुल्दै जान्छ तर तौल बढ्दैन । अनि शरीरबाट निस्केको ग्यासले मृत शरीरलाई पानीमाथि धकेल्छ । त्यसैले लाश पानीमा नडुबेर तैरिन थाल्छ ।

सरल भाषामा भन्दा मृत शरीरको घनत्व धेर हुँदा शुरुमा त त्यो पानीमा डुब्छ तर मृत शरीर सडेपछि शरीरको घनत्व कम हुन्छ र हलुका हुन्छ । त्यसमा अनेक ग्यास बन्छ र शरीर पानीमाथि तैरिन थाल्छ ।