प्रदेश नं ३ को प्रदेशसभाको सभामुख निर्वाचन कार्यक्रम सार्वजनिक

235

हेटाैंडा। प्रदेश नं ३ को प्रदेशसभाको सभामुख निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ ।

प्रदेशसभाको प्रथम अधिवेशनको बिहीबार मकवानपुरको हेटौंडामा बसेकोे पहिलो बैठकबाट पारित प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि बमोजिम निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको हो ।

माघ २७ गते बिहान १० देखि साढे १० बजेसम्म प्रदेशसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत हुने कार्यक्रम रहेको छ । सोही दिन १ बजे उम्मेदवारहरूको नामवाली क्रमानुसार प्रकाशित गर्ने र ३ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रस्तावक र समर्थकले प्रस्ताव प्रस्तुत गरी बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम रहेको ज्येष्ठ सदस्य रहनुभएका सभामुख डोरमणि पौडेलले जानकारी दिए । उनले निर्वाचनपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने जानकारी दिए ।

वाम-गठबन्धनको सहमतिअनुसार यस प्रदेशसभाको सभामुखमा नेकपा एमालेबाट हुनेछ ।