बोनस स्वरुप कम्पनीले बाँड्यो दुर्इ अर्ब ६० करोड, बोरामा पैसा बोकेर घर फर्किए कर्मचारी

284

कुनै पनि कम्पनीले आफ्ना कर्मचारीहरुलाई नाफा कमाएर सामान्य बोनस बाँडेको त सबैले सुनेकै होला तर एउटा कम्पनीले आफ्ना कर्मचारीहरुलाई बोरामा बोक्नुपर्ने गरेर बोनस रकम बाँडेको छ । चीनको एउटा स्टील कम्पनी फंगदा स्पेशल स्टील टेक्नोलोजीले आफ्नो कर्मचारीहरुलाई आफ्नो कम्पनीको नाफाबाट भरपुर रकम बोनस स्वरुप बाँडेको हाे ।

यसमा खास कुरा भनेको कम्पनीले उक्त रकम नगदमा नै वितरण गरेको थियो । कम्पनीका कर्मचारीहरुले आफ्नो भागको बोनस रकम बोरा र ठुला ठुला झोलामा भरेर घर लगेका थिए । त्यसै पनि चीनको यो कम्पनी कयौँ बर्षदेखि आफ्नो कर्मचारीहरुलाई भारीभरकम बोनस दिने कम्पनीका रुपमा परिचित रहेको छ ।

यस कम्पनीमा करिब ५ हजार कर्मचारीहरु कार्यरत रहेका छन् । जसमा नगद स्वरुप बाँडिएको बोनसमा हरेक कर्मचारीहरुलाई प्रति व्यक्ति ५ लाख ६० हजार रुपैयाँ पाएका थिए ।

कम्पनीले हाल कार्यरत कर्मचारीहरुलाई मात्र नभई आफ्ना सेवा निवृत्त कर्मचारीहरुलाई पनि बोनस रकम बाँडेको थियो ।