प्रजातन्त्र सेनानी स्व लिलाबहादुर पण्डित प्रति हार्दिक श्रद्धान्जली

755

किरण न्यौपाने

न जायते मृयते वा कदाचिन्नाSयं भुत्वा भविता वा न भूयः ।।

अजो नित्यः शाश्वतोSयं पुराणो न हन्यते हन्यमाने शरिरे ।।

न जन्म यो लिन्छ,न नासिने हो , न यो अघि भो,न पछि हुने हो ।

पुराण,आत्मा,अज,नित्य नै हो , यो देह मारी न त मारिने हो ।।

१९९० साल बैशाख १३ गते भक्तपुर जिल्ला सुडाल गाविस वडा न . ५ को हाल चागुनारायण नगरपालिका वडा नं.८ मा जन्मनु भएका लिलाबहादुर पण्डित नेपाली कांग्रेसले आब्हान गरेका २००७ साल देखिका हरेक लोकतान्त्रिक आन्दोलमा सक्रिय अथकयोद्दा हुनुहुन्थ्यो ।

जनताको अधिकार,कृषकहरुको हकहितका लागि समपर्ति भै आन्दोलनका हरेक मोर्चामा अग्रपत्तिंमा रहनु भएका लिलाबहादुर पण्डित २०१७ सालको राजाको कदम पश्चात नेपालमा बस्नसक्ने वातावरण भएका कारण भारतमा निर्वासनका लागि रक्सौल लाग्नु भएको थियो ।

रक्सौलमा आफुभन्दा पहिला पुग्नु भएका पार्टीका अन्य बरिष्ठ नेताहरुको प्रतक्ष्य अप्रतक्ष्य सर्म्पर्कमा रही पंचायती ब्यबस्था बिरुद्दको गतिबिधि संचालनगर्नु,नेताहरु र अग्रजहरुको सुरक्षाको ब्यबस्थापन गर्नु,उहाहरुको खानपिनको ब्यबस्थापन गर्नु जस्ता जटिल चुनौतिका काम उहांले सजिलै गर्नु भएको थियो ।

प्रजातन्त्र प्रतिको आस्था,नेपाली जनता बिशेषगरि किसानहरुको मायाले गर्दा आफ्नो ज्यान र घर परिवारको पर्वाह नगरी पार्टी का हरेक जिम्मेवारी संम्हाल्नु भएको थियो ।

नेपाली कांग्रेसका नेता स्व।जगन्नाथ आचार्यको निर्देशनमा भारतमा रहेको समयमा पार्टीका बिभिन्न गतिबिधिमामा संलग्न भएका लिलाबहादुर पण्डितअव स्वदेशमैराजनैतिक गतिबिधि संचालन गर्नै निष्कर्शका साथ नेपाल फर्केको समयमा गिरफ्तारीमा पर्नु भयो ।

२०१९ सालमा जन्म कैदको सजाय पाउनु भएका उहा २०३४ सालमा जेल मुक्त हुनु भयो।जीवनभर प्रजातन्त्र,किसानहरुको मुक्तिका लागि आर्दश जीवनशैली बिताउनु भएका पण्डित पार्टको जिल्ला स्तरका बिभिन्न पदमा रही कार्यसम्पादन गर्नू भएको थियो।

स्वच्छ छवि,इमान्दार स्वभाव,दृढ संकल्प एवं निरन्तर यात्राका क्रममा पार्टीमा पछिल्ला समयमा भएको अनुशासनको कमी, स्वार्थीपनको बृद्दि,अध्ययन अनुसन्धानमा भएको कमी प्रति सदैब चिन्तित उहालाई भक्तपुरका कांग्रेसका आम कार्यकर्ताले जिउदा सहिद भनि संबोधन गरिदैआएको मा उनै लिलाबहादुर पण्डितको गत २०७४ साल फाल्गुन १ गते राती करिब ९  ४५ बजे उहाकै निवासस्थानमा निधन भएकोमा गहिरो दुःख ब्यक्त गदै शोक सन्तप्त परिवार जनमा हार्दिक समवेदना ब्यक्त गर्दछौं ।
उहाले देखाउनु भएको अदम्य शाहस,सादगी एव, इमान्दारी जीवन शैली,सदैव पार्टीको नीति नियम र निर्देशनको परिपालन गर्ने शैली हामीले अवलम्वन गर्न सकेमा मात्रै उहा प्रति सच्चा श्रद्धान्जली हुने छ

स्व। लिला बहादुर दाई प्रति श्रद्धा सुमन ।
उहाको संझनामा आज मिति २०७४ साल फाल्गुण ७ गते प्रजातन्त्र दीवसको दिन उहांकै निवास स्थानमा शोक सन्तप्त परिवारजन मा समबेदना प्रकट गर्दै स्व लिला बहादुर प्रती हार्दिक श्रद्धान्जली अर्पण गरियो ।श्रद्धान्जली अर्पण गर्न नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, जिल्ला सदस्य किरण न्यौपाने,उर्मिला बन,१नं . क्षेत्रियसभापति जीवनखत्री, चागुनारायण नगर संयोजक यादव अधिकारी, महासमिति सदस्य बिष्णुराज कार्की,महाधिबेशन प्रतिनिधिहरु राजाराम खड्का,सुरेश श्रेष्ठ, लगायत पार्टीका बिभिन्न तहमा रहनु भएका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।