भक्तपुर, नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको स्वर्ण जयन्तीवर्ष २०७४/०७५ को शुभारम्भ तथा २३ औं जिल्ला सभा सम्पन्न भएको छ ।
पूर्व उद्योग मन्त्रीएवं प्रतिनिधि सभाका सदस्य माननीय महेश बस्नेतज्यूको प्रमुख आतिथ्यता सम्पन्न उद्घाटन समारोहको सभापतित्व नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति एवं केन्द्रीय सदस्य मनोज कुमार थापाले गर्नु भएको थियो ।
उद्घाटन समारोहमा विशेष अतिथीको रुपमा नेपाल रेडक्रस सोसाइटीका कार्यबाहक अध्यक्ष अजित कुमार शर्मा, अतिथीको रुपमा नेपाल रेडक्रस सोसाइटीका उपाध्यक्ष सुरेन्द्र सिंह ऐर, महामन्त्री देव रत्न धाख्वा, कोषाध्यक्ष देवेन्द्र बहादुर प्रधान, उपमहामन्त्री हरि प्रसाद न्यौपाने, केन्द्रीय सदस्य नवल सिंह पुन र लक्ष्मी अवाल, सुर्य बिनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, जिल्ला समन्वय समितिका उपसंयोजक सरिता कुँवर, काभ्रे जिल्ला रेडक्रसका सभापति रघुबर चौ प्रधान, सिन्धुपाल्चोक जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चा भडेल, काठमाण्डौ जिल्ला शाखाका सभापति मथुराराम श्रेष्ठ, भक्तपुर जिल्ला शाखाका पूर्व सभापतिहरु रविकृष्ण हाडा, नारायण भक्त सुवाल, बालमुकुन्द सुवाल, के.पी अवाल, ने.रे.सो काकार्यकारी निर्देशक इन्द्र बहादुर के.सी, सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरे,ललितपुर शाखाका मन्त्री बाबुराजा महर्जन,पत्रकार महासंघ भक्तपुरका सभापति पुष्कर बुढाथोकी, रेडक्रस केन्द्रीय कार्यालयका विभागीय प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो ।
स्वर्ण जयन्तीवर्ष शुभारम्भ तथा २३औं जिल्ला सभाको उद्घाटन समारोहमा उपस्थित अतिथी, विशेष अतिथी तथा सहभागिहरुलाई स्वागत गर्नुहुदै शाखाका सभापति मनोजकमार थापाले भक्तपुर रेडक्रसले स्थापनाको ५० वर्ष सम्म आइपुग्दा विभिन्न आरोह अवरोहरु पार गर्दै निरन्तर रुपमा मानवीय सेवाका गतिविधिहरु संचालन गर्दै आएको बताउनुभयो । यस कार्यमा पूर्व सभापति, पदाधिकारीहरु, सदस्यहरु, उपशाखाका पदाधिकरी तथा सदस्यहरु, स्वयंसेवकहरु र कर्मचारीहरुको सहयोग अतुलनिय रहेको बताउनुभयो । उहाँले सरकारी तथा गैह्र सरकारी निकायसंगको सहयोग र साझेदारीमा आफ्ना २१ वटै उपशाखा, युवा रेडक्रस सर्कल र जुनियर रेडक्रस सर्कल मार्फत मानवीय सेवाका कार्यहरु गर्दै आएको बताउनुभयो । रक्तसंचार सेवा, प्राथमिक उपचार सेवा, एम्बुलेन्स सेवातथा राहत वितरण सेवा जस्ता कार्यहरु गर्दै आएको जिल्ला शाखाको स्वर्ण जयन्ती वर्ष भरी ३६५ वटा कार्यक्रमहरु संचालन गर्ने उद्घोष गर्नुभयो ।
पानसमा दिपप्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुहुदै माननीय सांसद महेश बस्नेतले भक्तपुर रेडक्रसले मानवीय सेवाका गतिविधिहरु संचालन गरी देशभरी आफ्नो पहिचान राखेको बताउनुभयो । सफल नेतृत्वको उदाहरणको रुपमा भक्तपुर रेडक्रसलाई लिनुपर्ने कुरा बताउदै प्रमुख अतिथी बस्नेतले भक्तपुर रेडक्रसले रक्तसंचार सेवामार्फत देशै भरी ख्याती कमाएको बताउनुभयो । उहाँले २०७२ को भूकम्पपश्चात् प्रभावितहरुलाई राहत सामग्री वितरण कार्यमा पनि भक्तपुर रेडक्रस अग्रणी स्थानमा आएको बताउदै स्वर्ण जयन्तीवर्ष तथा २३ औ जिल्ला सभाको सफलताको कामना गर्नुहुदै विपद् पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रममा नेपाल रेडक्रससंग स्थानीय तथा केन्द्रीय सरकार सधै सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।
केन्द्रीय कार्य बाहक अध्यक्ष अजितकुमार शर्माले पूर्व सभापतिहरुको देन र बर्तमान नेतृत्वको परिश्रमले भक्तपुर जिल्ला शाखाले स्थापनाको स्वर्ण जयन्तीवर्ष मनाउन सफल भएकोमा शुभकामना दिनुहुदै मानवीय सेवाका क्षेत्रमा भक्तपुर रेडक्रस अनुकरणीय, उदारणीय कार्य गर्न सफल भएको बताउनुभयो । ७५ जिल्ला शाखाहरुमा उत्कृष्ट कार्य गर्न सफल भक्तपुर रेडक्रसको प्रतिनिधित्वले निरन्तरता पाउनु आफैमा गौरवको कुरा रहेको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले भक्तपुर बासीको सहयोग र सद्भावले भक्तपुर रेडक्रसले स्वर्ण जयन्तीवर्ष मनाउन सफल भएकोमा खुशीब्यक्त गर्नुहुदै भक्तपुरले भूकम्प पूर्व तयारीको कार्यक्रम नमूनाको रुपमा सफलता पूर्वक सम्पन्न गरेको जानकारी गराउनुभयो । उहाँले सबै बर्ग, क्षेत्र र समुदायलाई समेटेर कार्य गर्न रेडक्रस सधै तत्पर रहेको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जय बहादुर घिमिरेले रगत नपाए भक्तपुर जानू भन्ने उक्तिलाई चरितार्थ गर्दै भक्तपुर रेडक्रसले गरेको मानवीय सेवाको प्रशंसा गर्नुभयो । उहाँले जिल्ला विपद् ब्यवस्थापन समितिको सक्रिय सदस्यको रुपमा भक्तपुर रेडक्रसले भक्तपुर जिल्लाको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माणमा गरेको सहयोग प्रति कृतज्ञता ब्यक्त गर्नुभयो ।कार्यक्रममा पूर्व सभापतिहरुको तर्फबाट बालमुकुन्द सुवाल, संरक्षकहरुको तर्फबाट श्री पद्रममा.विकाप्राचार्य राम हाडा, उपशाखाको तर्फबाट बाराही उपशाखाका सभापति राम प्रसाद खाताखो, शिक्षक नायकहरुको तर्फबाट टेक बहादुर क्षेत्री लगायतले मन्तब्य राख्नुभएको थियो ।
श्री पद्मउच्चमा.विमा सभामा परिणत हुनु अघि जिल्ला शाखा, उपशाखा , जुनियर रेडक्रस सर्कल, सुरक्षाकर्मीहरु, स्वयंसेवक तथा कर्मचारीहरुको उपस्थितीमा बृहत ¥यालीको आयोजना गरिएको थियो । धिमे बाजा सहितिकाके दरवारस्क्वाएर बाट शुरु भएको ¥यालीले भक्तपुर नगर परिक्रमा गरेको थियो । ¥यालीको उद्घाटन संयुक्त रुपमा जिल्ला शाखाका सभापति मनोजकुमार थापा, पूर्व सभापति के.पीअवाल र भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले गर्नुभएको थियो ।
यसै गरी सोही दिन भक्तपुर जिल्ला शाखाको २३औ. जिल्ला सभापनि सम्पन्नभएको छ । जिल्ला सभाले आगामी आर्थिक वर्ष २०७५÷०७६ का प्रस्तावित कार्यक्रम र बजेट पारित गरेको छ । जिल्ला शाखाका मन्त्री परशुराम पाण्डेले २०७३÷०७४ को प्रगति प्रतिवेदन र २०७५÷०७६ का प्रस्तावित कार्यक्रम प्रस्तुतगर्नु भएको थियो । जिल्ला शाखाका कोषाध्यक्ष प्रदिप कुमार के.सीले २०७३÷०७४को आयब्यय बिबरण र २०७५÷०७६ को लागि अनुमानित आयब्यय विवरण प्रस्तुत गर्नु भएको थियो । सभामा उपस्थित सभासद्हरुबाट प्राप्त सुझाव सहित जिल्ला शाखाका मन्त्री तथा कोषाध्यक्ष बाट प्रस्तुत प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन अनुमोदन गरियो । अनुमोदीत आर्थिक प्रतिवेदन अनुसार २०७५÷०७६ को लागि भक्तपुर रेडक्रसले २ करोड ६५ लाख ९३ हजार ५ सयको बजेट विनियोजन गरेको छ । सभामा उत्कृष्ट कार्य गर्ने दुवाकोट उपशाखा, बालकोट उपशाखा र झौखेल उपशाखालाई क्रमशःप्रथम, दिृतीय र तृतीय, उत्कृष्ट जुनियर रेडक्रस सर्कल अरनिको मा.वि, उत्कृट युवा रेडक्रस सर्कल बाराही, उत्कृष्ट स्वयंसेवक राकेश थापा, सिपाडोललाई नगद सहितपुरस्कृत गरियो ।