सिरिया नरसंहार : अमेरिकी क्रुरताको कुरुप रुप हेनुहोस ४० दर्दनाक फोटोहरु

1289

अमेरिकी नेतृत्वको सैनिक गठबन्धनको हमलामा परेर सिरियाको गुटा क्षेत्रमा मात्र कम्तीमा ७ सय सिरियाली नागरिक मारिएका छन् । मारिनेहरू मध्ये एक चौथाइ बालबालिकाहरू रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बमबारीमा घाइते भएकी एक सिरियाली बालिका । तस्बिर: एएफपी

बमबारी जारी रहेकोले क्षतिको विवरण संकलन गर्न कठिन भइरहेको उद्धारकर्ताहरूले बताएका छन् । मृत्यु हुनेमध्ये अधिकांश हवाई आक्रमणमा परेका हुन् । सिरियाली सरकारी सञ्चार माध्यमले अमेरिकी नेतृत्वको गठबन्धनले गरेको हमलामा सैयौ बालबालिका मारिएको र बेपत्ता भएको जनाएको छ । ब्रिटेनस्थित सिरिन अब्जर्भेटरी फर ह्युमन राइट्स्का अनुसार पूर्वी गुटा क्षेत्रमा विगत एक साताको अवधिमा मारिएकाहरू मध्ये १२१ जना बालबालिका रहेका छन् । पछिल्लो विवरण आउन बाँकी छ । अल जजिराका अनुसार सिरियामा बिभत्स तरिकाले बालबालिकाहरु मारिएका छन् । अल जजिरा लेख्छ,‘बालबालिकाहरुका मारिएका दृश्य असाध्यै दर्दपूर्ण छ ।’ उद्धारकर्ताहरू भन्छन्, ‘बमबारी नरोकिएकोले आक्रमणमा ज्यान गुमाउनेहरूको सही तरिकाले गणना समेत गर्न सकिएको छैन ।’

अमेरिकी सैनिक अधिकारीहरुलाई उद्धृत गर्दै बताइए अनुसार हमलामा सिरियाली सरकार समर्थक झण्डै पांचसयजना सैनिकहरुले तोप, ट्यांक, रकेट र मोर्टारहरु सहित  हमला गरेका थिए।

सिरियामा जारी रहेको करिब सात वर्ष लामो द्वन्द्वको क्रममा यसलाई एक रक्तपातपूर्ण कारबाहीको रुपमा हेरिएको छ । पछिल्लो कारबाहीमा परी दर्जनौँ बालबालिका मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै आन्दोलन सुरु भएको थियो । सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको हो ।

त्यसयता तीन लाखभन्दा बढी नागरिकको ज्यान गएको छ भने लाखौँ नागरिक घाइते तथा अंगभंग भएका छन् । मारिनेमा यहाँका सुरक्षाकर्मी पनि उल्लेख्य रुपमा रहेका छन् । त्यसैगरी अरु लाखौँ लाख नागरिक विस्थतापित भएका वा शरणर्थीको रुपमा बस्न बाध्य भएका छन् । सिरियाबाट लाखौँ नागरिक घर छोडेर छिमेकी देशहरुमा शरणार्थीका रुपमा बसिरहेका छन् ।

सिरिया सरकारले पनि अमेरिकी नेतृत्वको गठबन्धनले गरेको त्यस्तो हमलाको निन्दा गरेको छ। सिरियामा आफ्ना कुर्द र अरब लडाकु साझेदारहरुमाथि एकाएक हमला गरेको सिरिया सरकारले जनाएको छ।

रुसको पनि बिरोध
एसोसियटेड प्रेस समाचार संस्थाका अनुसार रुसी रक्षा मन्त्रालयले सो हमलाका सम्बन्धमा अमेरिकीहरुले आफूहरुसंग संयोजन नगरेको भन्दै असन्तोष व्यक्त गरेको छ। रुसी मन्त्रालयले उक्त घटनाबाट सिरियामा अमेरिकी उपस्थिति गैरकानुनी भएको भन्दै अमेरिका त्यहां इस्लामिक स्टेट समूहका विरुद्ध लड्न नभई सिरियाको महत्वपूर्ण आर्थिक स्रोत कब्जा गर्न बसेको भन्ने पुष्टि भएको आरोप पनि लगाएको छ।

युद्धको बिरोधमा जर्मनी र फ्रान्स
जर्मनी र फ्रान्सले सिरियामा युद्धबिरवाम लागि ‘अधिकतम दवाव’ दिन रसियालाई आग्रह गरेका छन् । जर्मन चान्सलर एङ्गेला मर्केल तथा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरी सिरियाको गुटा क्षेत्रमा पछिल्लो समय सयौँको ज्यान जाने गरी भएको द्वन्द्वबारे ध्यानाकर्षण गराउँदै सिरियामा जारी द्वन्द्वलाई तत्काल रोक्न दवाव दिन आग्रह गरेका जर्मन चान्सलर मर्केलको कार्यालयले आइतबार जनाएको छ ।

सिरियामा ३० दिने युद्धविराम अनुमोदन

यसैबीच संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सिरियाभर ३० दिने मानवीय युद्धविरामका लागि अपील गर्दै एउटा प्रस्ताव पारित गरेको छ। दमास्कसको बाहिरी क्षेत्रमा रहेको विद्रोही नियन्त्रित पूर्वी गुटामा एक हप्तासम्म चलेको व्यापक बमबारीपछि यो निर्णय लिइएको हो। युद्धविरामले सहायता सामग्री र स्वास्थ्य उपचारका लागि उद्धारका कदमहरू चाल्न मद्दत गर्नेछ। तर पछिल्लो युद्धविरामले सबैभन्दा ठूलो जिहादी समूह र उनीहरूका सहयोगीहरूलाई सम्बोधन गरेको छैन, जसका कारण त्यसको वास्तविक परिणाम कस्तो हुनेछ भन्ने प्रश्न तेर्सिएको छ।

सिरिया नरसंहार : अमेरिकी क्रुरताको कुरुप रुप (तस्विरहरू)