आज फागु पुर्णिमा , उपत्यका लगाएत पहाडी क्षेत्रमा होलीको उल्लास

452

भक्तपुर ।
अविरया होली मेला मैजु मस्युला
तंचाया ला ल्यासे
अविरं छँगु स्ब्वा दिसि
दयेकेबी (नेवारीमा )
अर्थात
अविरको होली थाहा छ कि छैन
रिसायौंकी तरुनी
अविरले तिम्रो अनुहार राम्रो बनाई दिउँला

होली या होली तंचाया ला ल्यासे
अविर भती नं तय मज्युला ?(नेवारीमा)
अर्थात
(होली रे होली रिसाएको हो तरुनी
अविर अलिकति पनि लगाउन हुँंदैन ?)

दुई दशक भन्दा अगाडि नै चलेको नेपाल भाषाको चलचित्र सिलुको गीतको यो बोल हिजोआज भक्तपुरका टोलटोल अनी मनमनमा गुन्जायमान हुन थालिसकेको छ । यसले होली पूर्णिमा आगमनको मात्रै संकेत गरेको छैन, बरु होलीप्रतिको रुचि एक आपसमा गाँजिएको देखिन्छ । साथै यसले होलीको उल्लास कतिसम्म फैलिन्छ भन्ने स्पष्ट उदाहरण पनि प्रस्तुत गरेको हामी पाउन सक्छौ ।
जात्रा पर्व प्रति प्रगाढ आस्था राख्ने भक्तपुरका नेवार समुदायका मन अहिलेदेखि नै होलीमय हुन थालिसकेको छ ।
त्यसो त बैधानिक रुपमा भक्तपुरमा होली पर्वको शुरुआत फागुण पूर्णिमाको एक हप्ता अगाडिदेखि नै शुरु भैसकेको हुन्छ । होली पुर्णीमा अधिको अस्टिमीको दिन भतmपुरको तचपाल टोल दत्तात्रय मन्दिर अगाडीको भिमसेन मन्दिरबाट होली शुरु हुने गरेको छ ।
अस्टमिको दिन उतm मन्दिरबाट तीनहात लामो ३० इन्च जति मोटो काठको भैरवको लिंगको प्रतिक बोकी गाईजात्रा रुटका प्रत्येक घर पसल अगाडि तेस्याएर यहाँं औपचारिक रुपमा होली सुरु भएको संकेत आदन प्रदान गर्ने गरिन्छ ।
औपचारिक रुपमा सुरु होस् वा नहोस होलीको एक साता देखि नै नेवार समुदायमा होलीले मन जमाइसकेको हुन्छ । विशेष गरेर केटाकेटी अनि युवायुवतीमा यसको रौनक छाइसकेको छ । केटाकेटीले बाटोबाटोमा एक आपसमा बेलुन हान्न थालिसकेका छन् । पिच्कारामा पानी भरेर हान्न थालिसकेका छन् । एकआपसमा रंग दल्ने काम भने पूर्णिमामा मात्रै हुने परम्परा रहेको स्थानियको भनाई छ ।
प्रत्येक वर्ष होलीपर्वका दिन होली मानेको स्मरण गर्ने चाँंगुनारायण पिखेका रोशन थापा आफ्नो अनुभब सुनाउँछन की , होली पर्वको दिन विहान सात बजेसम्म सुतिराखेमा त सिरानीमै पानी हालिदिइसक्छन् साथीभाइ अनि परिवारले । आफूले प्रत्येक वर्ष घरपरिवार, साथीभाइ, नातागोता, आफन्त, छरछिमेकसँंग समूहमा मिलेर होली खेल्ने गरेको अनुभब उनले सुनाए । उनका अनुसार भक्तपुर नगर नजिकको बस्ती भएका कारण र नेवार समुदाय सँगैको बस्ती भएका कारण समुदायमा होलीको रौनक नै अलग्गै हुने उनी बताउँछन् ।
भक्तपुर सुर्यमडीकी राजकेशरी कुसी भने यो पटक चिन्तामा छिन् । भन्छिन्, मेरो घर पहिला भक्तपुर सुर्यमडीमा थियो, भूकम्पले घर सवै ध्वस्त भयो, यसो हुँंदा म अहिले कमलविनायकको नयाँं बस्तीमा बस्छु उता अलग अलग समुदायका मानिस भएका कारण एक साता देखि नै को रौनकको भने यसपाली अनुभव लिन नपाएको बताउँछिन् ।
भक्तपुर दरवार स्क्वायरका प्रसान्त कायस्थको भनाईमा होलीको परम्परा अहिले परिवर्तन भइसकेको छ । पहिला होली आयो कि केटीहरु डराउँंथे, भाग्थे, उनले अनुभव सुनाए , अहिले उनीहरु नै अगाडि अगाएर होली खेल्न आउँंछन् होलीमा परिर्वत सँगै भाईचारामा पनि सहजता भएको उनी बताउँछन् । समूह समूहमा आउने केटीहरुको होली टोलीसँंग त डराउनु पो पर्ने भयो अवका दिनमा उनी सुनाउँछन् ।
बलबालिका होस् वा युवायुवती अथवा बृद्धबृद्धा नै, सवैको मनमा यतिखेर होलीले बास बसिसकेको छ । भूकम्पबाट पीडित भूकम्पबासी होस् वा जोकोही होली खेल्ने तरखरमा जुटेका छन् । सधैं जसो पानीको समस्यामा रहने उनीहरु त्यो दिन जहाँंतहीबाट पानी ल्याएर पनि उल्लासका साथ होली खेल्छन् ।
भक्तपुर सुडालका गणेश सुकमनीले धेरै दिन नभए पनि एक दिन भने मन खुलेर होली खेल्ने सुनाए । उनलाई बजारभरि डुलेर होली खेल्न भने मन छैन । यस्तै
अनेक रंग दलेर खेल्न पनि मन छैन उनी भन्छन् केवल अविर पो लगाउने त विभिन्न रगका कारण एलर्जी हुने डर भएको उनी बताउँछन् ।
इतिहासविद प्रोफेसर डाक्टर पुरुषोत्तम लोचन श्रेष्ठका अनुसार भक्तपुरको होली मौलिक शैलिको छ । यहाँंको होली संस्कृतिसँंग पनि जोडिएको छ । उनका अनुसार होलीमा भतmपुरको टोलटोलमा रहेको पाटी, पौवा, सतल, चोक ,बहा ,दवलीमा साझँतीर दाफा गाउने क्रममा होलीका गीतहरु गाउन थाल्छन् । भतmपुरको तचपाल लगायत ठाँउ ठाँउमा रहेको भिमसेन देवता कहाँ मेला लाग्छ उनले बताए । उनका अनुसार यो पर्व सत्य सँगको असत्यको विजय भएको पर्व भएका कारण यसलाई हरेक समुदायले आआफ्नै तरिकाले मनाएपनि नेवार समुदायमा भने यसको अझ अलग्ग विषेसता भएको उनी बताउँछन् । यसले समुदायमा बैमनस्यताको भावनालाई चिर्दै भाईचारको भाव प्रकट गर्न सहजकर्ताको भुमिका खेल्ने गरेको उनी सुनाउँछन् ।
हिरण्यकश्यपुले आफना विष्णुभतm छोरा प्रल्हाडलाई बहिनी होलिकासँगैं आगोमा राखी दाह गर्ने प्रयास गरेको, तर प्रल्हाद नभई अग्निले नछुने होलिका नै दाह भएको घटनालाई लिई यो पर्वको नाम नै होली भएको जनविश्वास छ ।