भक्तपुर ।
मेरो आलुमा लाइकीरा लागेछ के औषधी हाल्ने हँ
मेरो आलुको पात त डड्न थालेछ के औषधी हाल्ने हँ
मेरो आलुको त बोट नै मर्न थाल्यो त कुन औषधीले काम गर्छ ,
यावत समस्या आउँदा विगतका दिनमा विषधी पसलमा धाउने किसान हाल आफुले नै घरैमा बालीरोगका उपचार गर्न थालेका छन् ।
बालीमा लाग्ने सवै किसिमका कीरा हानिकारक हैनन् भन्दै आलु जोन भक्तपुरले किसानहरुलाई शत्रुकीरा ब्यवस्थापन तालिम दिएपछि किसानहरु विषाधी पसल धाउन भन्दा आफुले नै अर्गानिक रुपमा यसको उपचार गर्न थालेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तत सुडाल र ताथलीमा संचालन भई रहेका आलु जोनले चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडाल र वडा नम्वर ९ ताथलीका किसानहरुलाई सत्रु जिव र मित्र जिवको विषयमा ज्ञान दिदै अर्गानिक आलु तथा अन्य तरकारी उत्पादनमा जोड दिई रहेको छ ।
आलु जोन अन्तर्गत संचान भई रहेका मेलमिलाप कृषक पाठशालाले १६ हप्ता सम्म किसानलाई कसरी रोग किरावाट बाली जागोउने र ब्यवस्थापन गर्ने , कम भन्दा कम विषधीको प्रयोग गर्ने भन्ने विषयमा तालिम संचालन गदै आएको प्रधानमन्त्री कृषी परियोजना प्रमुख किसोर पराजुलिले जानकारी दिए ।
किसानले सानो सानो समस्या वा लाइकिरा मात्र लाग्दा पनि विभिन्न किसिमका विषदीहरु प्रयोग गर्ने छिमेकीको वालीमा कुनै विषधी प्रयोग गरे भने आफुले पनि ज्ञान नै नभएपनि उक्त विषधी प्रयोग गर्ने परिपाटिको अन्त्यको लागि नै किसानमाझ नै उक्त कार्यक्रम संचान गरिएको पराजुलीले बताए । उनका अनुसार स्वास्थ्य साथसाथै पैसाको पनि नास हुने गरेका कारण अवका दिनमा यस्ता किराहरुवाट बाली जोगाउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा खेतमा नै गएर १६ हप्ता सम्म वालीको रेखदेख अनी रोग किराका विषयमा किसानलाई ज्ञान दिदै कम लगानीमा अगार्निक एवं बढि उत्पादन गर्न सकिन्छ भनी सिकाईन गरिएको उनले वताए ।
किसानलाई प्रत्यक्ष रुपमा खेतमा नै लगेर शत्रु जिव र मित्र जिवको विषयमा जानकार गराउनु नै यो कार्यक्रमको मुख्य लक्ष्य भएको उनले वताए । पराजुलिका अनुसार अव किसानले कुनै पनि सानातिना रोग लाग्दा भयानक विषादी प्रयोग नगरुन भन्ने हेतुले नै यो कार्यक्रम थालनी भएको उनको भनाई थियो ।
पर्यावरण जोगाउन तथा स्वस्थ तरकारी उत्पादनमा जोड दिनका लागि नै आलु जोन भक्तपुरले किसानलाई विषाधी प्रयोग गरि हाले पनि घरमा नै उत्पादीत खुसार्नीको धुलो तितेपाती लगाएतका विभिन्न स्थानिय रुपमा नै पाईने बोट विरुवाहरुको प्रयोग गर्ने तथा रोग किराले पनि ईको प्रणालीमा हाम्रो मित्र जिबका रुपमा नै काम गरि रहेको हुने कुरा सिकाउने कार्य तालिमहरुमा गर्दै आएको उनले जानकारी दिए ।
यस्तै कार्यक्रममा तालिमका प्रशिक्षक मञ्जु थापाले एकिकृत शत्रु जिवी ब्यवस्थापन तालिम कृषकलाई कसरी रोगकिरा आफै ब्यवस्थापन गर्न सकिन्छ भन्ने सिकाउनु नै मुख्य लक्ष्य भएको बताइन् । उनका अनुसार रोग किरा ब्यवस्थापनलाई कसरी खेती गर्न खेत तयार गर्ने देखि विउ छनोट गर्ने सिन्चाई देखि मलखाद ब्यवस्थापन सम्मका विषयमा किसानको खेतमा नै गएर सिकाउने कार्य भएको उनले जानकारी दिईन् ।
रासायनिक विषधी तथा रासायनिक मल न्यूनिकरण गर्दै कम लगानिमा बढि उत्पादन गर्न किसानलाई प्रेरित गर्नका लागि नै एकिकृत सत्रु जिव ब्यवस्थापन तालिम संचालन गर्दै आएको उनको भनाई थियो ।
तालिममा आफुहरुले किसानलाई नियमित वाली अवलोकन , मित्रु जिवको पहिचान गर्दै सत्रु जिवको ब्यवस्थापन गर्न मित्र जिवको भुमिका एवं किसानलाई आफै रोगको पहिचान गरि कसरी यस्ता रोगवाट आफ्नो बाली विना विषधी प्रयोग जोगाउन सकिन्छ भनी सिकाउँदै दक्ष बनाउनु नै प्रमुद लक्ष्य रहेको प्रशिक्षक थापाले बताईन् ।
एकिकृत सत्रु जिव ब्यवस्थापन तालिममा स्थानिय रुपमा नै भएका मल खाद प्रयोग तथा अर्गानिक विषधीको प्रयोगमा जोड दिदै किसानको उत्पादन लागतमा कमि ल्याउँदै स्वस्थ तरकारी तथा अन्न बाली उत्पादनमा जोड दिन संचालन गरिदै आएको छ । विषधी न्यूनिकरणलाई प्रमुख लक्ष्यका रुपमा लिर्द सत्रु जिव र मित्र जिवका विषयमा किसानलाई सिकाउँदा वायो डाइभरसिर्टि म्यानेजमेन्टमा अप्रत्यक्ष रुपमा सघाउ पञ्याउने काम उक्त कार्यक्रमले गर्दै आएको आलु जोनका सदस्य राजन खत्रीले जानकारी दिए । उनका अनुसार हाल सम्म आलु जोनले सुडाल र ताथलीमा ४ स्थानमा यस्ता कार्यक्रम संचालन गर्दै सायौंको संख्यामा किसानलाई सत्रु जिव र मित्र जिवको विषयमा तथा अर्गानिक तरकारी उत्पादनमा कसरी स्थानिय रुपमा भएको स्रोत साधनको प्रयोग गरि स्वस्थ तरकारी उत्पादन गर्दै बढि मुनाफा लिन सकिन्छ भनी सिकाउँदै आएको बताए ।