वीर अस्पतालमा दर्जन नयाँ चिकित्सक थपिए

294

काठमाडौं ।
सरकारी अस्पतालको उपचार सेवा चुस्त र सहज बनाउने उद्धेश्यसहित स्वास्थय मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा एकदर्जन नयाँ चिकित्सक (मेडिकल अधिकृत) थपेको छ । उनीहरु हालसालै सोकसेवा आयोगको परीक्षा उतिर्ण गरेका चिकित्सक हुन । यसका साथै मन्त्रालयले कान्ति वाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग केन्द्र टेकु र भक्तपुर अस्पतालमा पनि नयाँ मेडिकल अधिकृत पठाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार वीर अस्पतालमा खटाइएका एकदर्जन नयाँ मेडिकल अधिकृतमा पाँचजना महिला र सातजना पुरुष छन । यसरी नियुक्ति पाउने मेडिकल अधिकृतहरुमा करुणा बज्राचार्य, ज्वाला बुढथापा, नीति प्रसाई, सृजना पाण्डे र प्रकृति भट्टराई छन भने गजेन्द्र दुवाल, रोहितकुमार गिरी, ज्ञानेश चौधरी, प्रहसन राइ, सन्तोष देव, सन्तोषकुमार रम्तेल र किशन नेपाली छन् ।
यसका साथै मन्त्रालयले कान्ति वाल अस्पतालमा गुडी झा, अनिलकुमार रम्तेल र दिपक मिश्र पठाएको छ भने शुक्रराज ट्रपिकल तथा सरुवारोग केन्द्र टेकुमा सफलतादेवी कोजु र सुवर्ण श्रेष्ठलाई पठाएको छ । भक्तपुर अस्पतालमा भने अमनकृष्ण रञ्जित, रामशरण श्रेष्ठ र राकेश श्रेष्ठलाई पठाइएको छ ।
उपरोक्त मेडिकल अधिकृत सहित स्वास्थ्य मन्त्रालयले लोकसेवा आयोगमार्फत मुलुकभरका विभिन्न स्वास्थ्य संस्थामा ९८ जना नयाँ मेडिकल अधिकृत नियुक्त गरेको छ ।