भक्तपुरका ३० विद्यार्थीले एसइई परीक्षा दिन नपाउने

838

भक्तपुर : ८ चैतबाट सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसइई)मा भक्तपुरका ३० जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित हुने भएका छन्।

परीक्षाको राजस्व र विद्यालयमा हाजिर नपुगेका कारण उनीहरु परीक्षा दिनबाट वञ्चित भएका हुन्।

शिक्षा नियमावलीअनुसार विद्यार्थीले परीक्षा दिन ७५ प्रतिशत हाजिर हुनुपर्छ।

भक्तपुरका जिल्ला शिक्षा अधिकारी अर्जुन रायमाझीले नियमअनुसार विद्यार्थीहरुले परीक्षाका लागि आवेदन फारम भरे पनि दैनिक हाजिर ७५ प्रतिशत नपुगेकाले ती ३० जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित गराइएको जानकारी दिए।

साथै परीक्षाको लागि तिर्नुपर्ने आवश्यक राजस्व नतिरेकाले पनि उनीहरुलाई परीक्षा दिनबाट वञ्चित गराइएको हो, उनले भने।