तामाङ चलचित्रकी नायिका रोशनी ब्लोन विवाह बन्धनमा

982

भक्तपुर । तामाङ चलचित्रकी नायिका रोशनी ब्लोनले विवाह गरेकी छन् । उनले विवाह गरि आर्शिवाद लिनका लागि भुईसल वाईबा तामाङको घरमा पुगेकी छन् । यो कुनै बास्तविक घटना भने हैन यो टेलिचलचित्र धज्र्यूको १५ भागको एक दृष्य हो । तामाङ चलचित्रमा आफ्नो बलियो पकड जमाएकी उनले धज्र्यू टेलिचलचित्रमा आफ्नो भुमिका दर्शाउँदै सानो पर्दामा पनि देखिने भएकी छन् । श्रीम्युजिक प्रा.लि.को प्रस्तुतिमा कमल तामाङको निर्देशन तथा अमर बोम्जन तामाङको निर्माणमा टेलिभिजनको पर्दामा प्रस्तुत भई रहेको उक्त्त टेलिफिल्म लाई क्यामरामा कैद तथा सम्पादन भने भिम तामाङले गरिरहेका छन् ।
उक्त टेलिचलचित्रमा भुइसल वाइबा तामाङ, मान बहादुर तामाङ, अमर बोम्जन तामाङ, सृस्टी थोकर तामाङ, कमल तामाङ, भिम तामाङ, सुहाङ तामाङ, नरेश पहरी , गणेश राई, जिवन डुम्जन तामाङ,करुणा योन्जन तामाङ, चन्द्र जित मोक्तान तामाङ, बाल कलकार चेन्न्जोम गोले तामाङ, उसाङ तामाङ, बिकल मिक्चन तामाङ लगायत चलचित्र जगदका ख्यातीप्राप्त कलाकारहरुको अभिनय देख्न सकिन्छ भने चन्द्र जीत मोक्तान टेलिचलचित्रको सल्लाहकार समेत रहेका छन् ।


तामाङ भाषाको पहिलो टेलिचलचित्रका रुपमा प्रख्यात धज्र्यू हाल इन्टीजीनीयस टेलिभिजनमा विहिवार राती ८ ३० देखि हर्न सकिन्छ ।
तामाङ टेलिसिरियलमा आफ्नो प्रस्तुती दर्शाउँदै आएकी रोशनी ब्लोन भने वि.स.२०६० सालमा नेपाली लोक दोहोरीबाट कलाकारीतामा प्रवेश गरेकी रोशनीले हाल सम्म ४ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय प्रस्तुत गरि सकेकी छन् । भने उनी २०६२ सालमा निर्मित नेपाली कथानक चलचित्र अधुरो चाहानाबाट ठुलो पर्दामा डेब्यु गरेकी तामाङले न्यु जेनेरेशन,दुई मन,द कलेज, बेबि, द मङ्गोलियन हर्ट, लगायत हालसम्ममा दर्जनौ चलचित्रमा अभिनय गरि सकेकी छन् ।
नेपाली चलचित्रमा अभिनय सुरु गरि सकेकी ब्लोनले २०६४ देखि तामाङ चलचित्र चाङ्स्यूइमीबाट आफ्नो भाषाको चलचित्रमा अभिनय सुरु गरेकी हुन् । बुवा सुर्य बहादुर ब्लोन तामाङ र आमा साइली माया बोम्जनको काखबाट जन्मेकी रोशनी सवैमा सदभाव र माया दर्शाउने रियल हिरो हुन् ।
उनले हाल सम्म दोसिला जुनिमा (स्वएम निर्मता ) गान्बा, रानि, ह्यङ ङिला माया, मायासे लासी २, मायाला म्हेन्दो, जिन्दगीला ग्यलाम, (निर्माणधिन चलचित्र (टुहुरोला ल्हुई, सिसी याङ्बा जुनि ) गरी दर्जनौ तामाङ चलचित्रमा समेत अभीनय गरि आफ्नो भाषा र सँस्कृतिको लागि योगदान दिई सकेकी छन् ।
आदिवासी भाषा र संस्कृतिको सवालमा पहिलो तामाङ टेलिफिल्म धज्र्यू मा आफ्नो कला,सस्कृति,धर्म,भाषा,भेषभुषा, (तामाङ ग्योइ, काई, गोईलो, धर्म, रिमठिम )लाई जोगाउनको लागि जोड दिदै देश भरिका फरक फरक स्थानका तामाङहरुको दैनिक जिवनमा प्रयोग गरिने भाषा,भेषभुषा,कलासस्कृतिलाई समिट्दै अगाडी बडिरहेको छ । १६ भाग सम्म आईपुग्दा राजधानी काठमन्डू बौद्धमा तामाङहरुले बोल्ने,खोटाङ, नुवाकोट,ललितपुर,सिन्धुपाल्चोक, काभ्रे,बारा,दोलखा लगाएतका जिल्लामा तामाङले बोलिचालिका रुपमा प्रयोग गर्ने भाषाहरु आधारीत भएर टेलिचलचित्र प्रशारण भई रहेको निर्माण पक्षले जनाएको छ । आगामी भागहरुमा देश भरिकै तामाङहरुले प्रयोग गरिने कला,धर्म,भाषा,भेषभुषा,कलासस्कृतिलाई समिटिदै र तामाङ समुदायमा शैक्षिक,आर्थीक, रोजगारी तथा समय सान्दर्भिक जानकारीका साथै जनचेतना मुलक भागहरु प्रशारण गर्ने निर्माण पक्षले जनाएको छ ।