काठमाडौं । बेबिलोन नेशनल सेकेण्डरी स्कुल शान्तिनगरले ‘सामाजिक उत्तरदायीत्व कार्यक्रम’ अन्र्तगत पशुपतिनाथ मन्दीरमा दर्शन गर्न आउने दर्शनार्थीहरुको जुत्ता सुरक्षित राख्नको लागि एकसय थान कपडाको झोला प्रदान गरेको छ ।
‘सभ्य नागरिक बनाउने काम, बेबिलोन स्कुलको अभियान’ नाराका साथ विद्यालयको १० जोड दुई संयोजक टिका सुवेदी, विद्यालय अभिभावक संयोजक कमला केसी र अतिरिक्त कृयाकलाप संयोजक माधवन श्रीनिवासले ती झोला बुधबार पशुपति क्षेत्र विकास कोषको जुत्ता चप्पल व्यवस्थापनमा खटिएका कर्मचारीलाई हस्तान्तरण गरेका थिए ।
कोषलाई प्रदान गरिएको वातावरणमैत्री कपडाको झोलामा दर्शनार्थीले आफ्नो जुत्ता चप्पल सुरक्षित साथ तोकिएको स्थानमा झुण्डाएर राखेपछि खाली गोडा पशुपतिनाथ मन्दीरको दर्शन गर्न सक्नेछन ।