काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले नीजि विद्यालयले लिन पाउने शुल्क सम्वन्धि ‘शुल्क निर्धारण मापदण्ड निर्देशिका’ ल्याइसकेकोले त्यसका विरुद्ध कुनैपनि नीजि विद्यालय जान नसक्ने बताएका छन् ।
सो निर्देशिकामा तोकिएकोभन्दा बढी कुनैपनि नजि विद्यालयले अभिभावकसंग शुल्क लिएको पाइएमा कारवाही गर्ने चेतावनी पनि मन्त्री पोखरेलले दिए ।
शिक्षा मन्त्रालयमा शिक्षाको नवौं संसोधन र शुल्कविृद्धि विषयमा आन्दोलनरत तीनवटा विद्याथर््ी संगठनका नेताहरुसंगको भेटमा मन्त्री पोखरेलले सो कुरा बताएका हुन । मन्त्री पोखरेलसंग अनेरास्ववियु, अखिल काmन्तिकारी र नेविसंघका नेताहरुले भेटेर ज्ञापनपत्र बुझाएका थिए ।
उनले आफु शिक्षामन्त्री हुँदा शिक्षाको आठौं संशोधन गर्दै शिक्षामा युवा सहभागिता बढाउने गरि ५१ प्रतिशत खुल्ला र ४९ प्रतिशत आन्तरिकबाट शिक्षकको पदपुर्ति गर्ने व्यवस्था गर्दागर्दै पछि नेपाली कांग्रेसको सरकारले त्यसलाई नवौं संशोधन गरि २५ प्रतिशत खुल्ला र ७५ प्रतिशत आन्तरिकबाट पदपूर्ति गरिने गलत निर्णय गरेको बताए ।