भक्तपुर । स्थानिय निकाय , प्रहरी र प्रशासनकै मिलेमतोमा चाँगुनारायण नगरपालिकाका वडा नम्वर १,२,३र ४ र झौखेल र दुवाकोटमा व्यापक रुपमा अवैध बालुवा खानी सञ्चालनमा आएका छन ।
अवैध बालुवा खानी सञ्चालन हुँदा स्थानिय निकाय प्रशासन र प्रहरीले उजुरी दिदाँ समेत चासो नदिदाँ स्थानिय बासिन्दा आक्रोसीत भएका छन् । जिल्ला प्रशासन कार्यालयमै गएर उजुरी दिँदा उल्टै प्रशासन प्रमुखले थर्काउने थुन्ने धम्की दिदाँ सुनुवाइ नभएको स्थानीय बासिन्दा बताउँछन् ।
चाँगुनारायण नगरपालिका वडा नम्वर २ मा व्यवसायी राजेन्द्रप्रसाद आगञ्जाले कानूनविपरीत बालुवा खानी र धुने काम सञ्चालन गर्दा उक्त स्थानमा जाने बाटो बिग्रिएर हिँड्नै नहुने अवस्थामा पुगेको स्थानियको गुनासो गरेका छ ।
आगञ्जा लगाएतका गिरोहले बालुवा खानी संचालन र बालुवा धुलाइले गाउँमा जाने बाटो बिग्रिएर हिँड्नै नहुने अवस्था भएको छ नगरपालिकालाई खवर गर्दा वास्ता गर्दैनन् माटो खुलाएको छ त्यहि होला भन्छन् , दिन रातको चोरीले गाउँका बस्तीले निकै कठिनाइ भोग्नुपरेको उनीहरु बताउँछन् । नाम भने भोली देखि चुल्ठे मुन्द्र घरै पुग्छन् प्रशासन , प्रहरी र स्थानिय निकायमा उजुरी गर्दा समेत उल्टै किन उजुरी गर्न गईस भन्दै घरै सम्म आउँछन् उनीहरुले नै फलानो उजुरी गर्न आएको थियो भनी पठाउँदा रहेछन् अफुहरु बोल्न पनि नसक्ने भएका छौं स्थानिय हरुको गुनासो रहको छ ।
दुवाकोटमा गाई फार्म सञ्चालन गर्दै आएका प्रदीपराज पन्त बालुवा खानीको बेथितिको विषयमा स्थानीयवासीको टोलीसहित जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई अवैध खानी बन्द गराउन माग गर्दा उनलाई उल्टै थुनिएको उनी सुनाउँछन् । प्रमुख जिल्ला अधिकारीकहाँ अवैध खानी बन्द गराउन माग गर्न जाँदा उल्टै ठूलो स्वरले बोलेको भन्दै मलाई अपराधी जस्तो गरी हतकडी लगाएर प्रहरी परिसरको थुनुवा कक्षमा बुधवार दिनभर थुनियो, किसान र स्थानीयवासीले आन्दोलन गर्ने सुइँको पाएर बुधवार नै राति छोडियो, अब न्याय माग्न कहाँ जाने उनले प्रतिप्रश्न गरे । स्थानिय निकायले माटोको नाममा बालुवा तस्कर गर्न सघाउने विभिन्न चेक पोस्टमा माटोको कर उठाउन नगरपालिकाले कर्मचारी खटाएको छ तर बालुवा चोरी भएको आँखा चिम्लीन उनीहरुले नै सिकाएका छन् यस्तो चोरहरुको रामराज्य त कहीँ पनि छैन होला उनी सुनाउँछन् ।
प्रजिअ भट्टले दिउँसो पन्तलाई थुनामा राख्ने आदेश दिए पनि राति उनकै आदेशमा छाडिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख किरण राणाले जानकारी दिइन ।
प्रजिअ भट्टले स्थानीयवासीको मागअनुसार तत्काल खानी बन्द गराउन आफुले बुधबार नै प्रहरीलाई लिखितपत्र पठाइएको बताए ।
पत्रकारको टोली आज झौखेल र दुवाकोटका खानीमा पुग्दा अवैध करीब आठ बालुवा खानी निर्धक्कसँग चलेका थिए । चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले अवैध रुपमा सञ्चालित खानीलाई बन्द गराउन प्रहरी प्रशासनलाई पत्राचार गरिएको बताए । हामीले माटोको कर लिदै माटो मात्र खुलाएको बताउँदै उनी बालुको सवालमा आफुहरुले नखुलाएको उनले बताए ।
उक्त क्षेत्रमा एक मिटर मात्र माटो खन्दा मनग्गे रुपमा बालुवा निक्लने गरेको छ तथापी नगरपालिकाले चलाखि गर्दै अवैध आम्दानीको स्रोत बनाउँदै स्थानियन निकायका जनप्रतिनिधिहरुले आम्दानी गरि रहेको स्थानियको आरोप रहेको छ ।
खानी सञ्चालक आगञ्जाले भने जिल्ला समन्वय समितिसँग माटो खानी सञ्चालनको अनुमति लिइएको र जिल्ला घरेलु कार्यालयबाट बालुवा धुने अनुमति लिएर नै आफुले खानी संचालन गरेको जनाएका छन । भक्तपुरमा हाल कुनै पनि खानी संचालनको लागि अनुमती रहको छैन जिल्ला समन्व समितिले जनाएको छ ।
स्थानिय बासिन्दाका अनुसार जिल्ला प्रशासन कार्यालय, प्रहरी परिसर, जिल्ला समन्वय समिति, नगरपालिका, नगर विकास प्राधिकरण भक्तपुरलगायतको मिलेमतोमा बालुवा तस्करी भइरहेको आरोप लाग्दै आएको छ । स्थानिय बासिन्दाको टोलीले अवैध रुपमा खानी सञ्चालन भएको स्थानबाट बुधबार साँझ नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको १२ ट्रक बालुवामध्ये १० ट्रक बालुवा बाटामै हराएको छ । यसरी आफुरुले समातेको बालुवा समेत हराउँछ । उल्टै थुनामा राख्ने आदेश दिदै याताना दिन्छन् यस्तो बेथितिको अन्त्य कहिले होला उनीहरु बताउँछन् ।