काठमाडौं ।
प्रजातान्त्रिक पद्धति अनुसार काव्य स्कुल नयाँबानेश्वरमा बिहीबार सम्पन्न क्याप्टेन, भाइस क्याप्टेन तथा हाउस क्याप्टेन र भाइस क्याप्टेन छान्ने निर्वाचन सौहाद्रपूर्ण रुपमा सम्पन्न भयो ।
संघीय, प्रदेश सभा र स्थानीय तहको निर्वाचनको जस्तै गरि सबै प्रकृया पुर्याएर सञ्चालन गरिएको सो निर्वाचनमा संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, सार्क प्रतिनिधिको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक समेतको सहभागिता थियो ।
कक्षा ४ देखि १० सम्मका विद्यार्थी गरि ३६० मतदाता रहेको मतदानमा ४ मत अर्थात करीव एक प्रतिशत) मात्रै वदर भएको प्रमुख निर्वाचन आयुक्त एवम् सामाजिक विज्ञान विषयका विभागिय प्रमुख गणेश दाहालले बताउनुभयो ।
निर्वाचनमा एलेक्ट्रोल मत समेत गरि ४ सय ७६ मत ल्याएर तुलशी शर्मा स्कुल कयाप्टेन भए भने ३ सय ४९ मत ल्याएर सृष्टि लामिछाने भाइस क्याप्ेटन बनीन । तुलशीका निकटतम प्रतिद्धन्दी इशान गौतमले १ सय ५७ र सृष्टिका निकटतम प्रतिद्धन्दी सुशान्त राजभण्डारीले २ सय ८७ मत ल्याएका थिए ।