प्रविधि सिक्न भक्तपुरका किसान धरानको कृषि ईन्जिनियरिङ कलेजमा

990

औजारीकरणको नाममा नेपाली पैसा विदेशीने क्रम बढदो

भक्तपुर । कृषिलाई आधुनिनिकरणमा कसरी लैजान सकिन्छ भन्ने बुझ्न भक्तपुरका किसान धरानको कृषि ईन्जिनियरिङ कलेज पुगेका छन् । औजारीकरणको माध्यमवाट कम समयमा बढि भन्दा बढि उत्पादन कसरी लिन सकिन्छ भन्ने ज्ञान लिन भक्तपुरका २७ किसान धरानको कृषि ईन्जिनियरिङ कलेज पुगेका हुन् ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत भक्तपुर आलु जोनका किसान आधुनिक मेसिन तथा औजारीकरणको माध्यमवाट कसरी आलुको उत्पादन बढि भन्दा बढि गर्न तथा कसरी आलुवाट अन्य सामग्री उत्पादन गरि बजारमा ल्याउन सकिन्छ भन्ने विषयमा बुझन धरानको कृषि ईन्जिनियरिङ कलेजमा अध्ययन अवलोकनका लागि गएको परियोजनाका संयोजक भानुभक्त पराजुली बताउँछन् । उनका अनुसार भक्तपुरमा हाल आलुको उत्पादन परम्परागत किसिमबाट मात्र भएको छ नेपालमा भएको कृषि इन्जिनियरिङ कलेजले हाल नेपालमा कसरी औजारीकरणका माध्यमवाट बढि भन्दा बढि उत्पादन गर्न तथा आधुनिक प्रविधिमा जान सकिन्छ भन्ने अध्यापन गराईरहेको जुन किसानलाई नै आवश्यक भएका कारण आफुहरु स्वयम नै उक्त उपकरणहरुको विषयमा अध्ययन गर्न भक्तपुर देखि धरान सम्म गएको बताए ।
कृषि इन्जिनियरिङ कलेजका प्रध्यापक तथा बरिष्ठ कृषि इन्जिनियर यम कुमार राई हाल नेपालमा आधुनिक प्रविधिका नाममा विदेशबाट भित्रिएका उपकरणले उत्पादन बढनुको सट्टा झन कमी आउको बताउँछन् । नेपालको माटो सुहाउने उपकरणको अभावमा हाल नेपालमा औजारीकरणको नाममा किसानको पैसा विदेशीएको उनको आरोप रहेको थियो । नेपालमा नै भएका कृषि इन्जिनियरले हाल विभिन्न नेपालमा नै उपयुक्त मेसिनहरुको उत्पादन गरेपनि बजारीकरण र सरकारको हेलत्वले गर्दा उक्त उपकरणहरु केवल ल्यावका कुनामा थन्कन मात्र बाध्य भएको बताउँदै उनी भन्छन् यदि यस्तै हुने हो भने नेपालमा कृषि इन्जिनियर भोलीका दिनमा बेरोजगार हुने र विदेशी मेसिनको ब्यापारी मात्र हुने उनको भनाई थियो । उनका अनुसार हाल कृषिलाई आधुनिकिकरण तथा औजारीकरणमा लैजान नेपालको जुन स्थानमा औजारीकरण लागु गर्ने हो उक्त स्थानलाई सुहाउने उपकरण आफै निर्माण गर्नु आवश्यक भएको उनको भनाई थियो । बजारमा विदेशमा अनुपयुक्त भनिएका र ब्याड नै लागेका मेसिन खुलेयाम विक्री वितरणहुनुले नेपाल औजारीकरण हैन माटो विनासिकरणको बाटोमा हिडेको उनी बताउँछन ।
कृषि ईन्जिनियर सुमना पारुई हाल नेपालमा प्रविधिक कृषि ईन्जिनियर र कृषक विचको तालमेल मिल्न नसक्दा कृषिले आधुनिकिकरणको बाटोमा जान नसकेको बताउँछीन । यदि यस्तै रहने हो भने अवको पचास वर्षमा पनि नेपालले कृषिमा फड्को मार्न नसक्ने उनको भनाई थियो ।
कृषिमा आधुनिकिरण अवका दिनमा अत्यावश्यक भई सके पनि उत्पादन संग जोडिएका कृषक र प्रविधि एक अर्काका लागि महंगो सावित भएका कारण नेपालमा कृषि आधुनिकिकरणमा समस्या भएको कृषि विषय विषेशज्ञ रमेश बैद्ये बताउँछन्। नेपालमा साना किसानहरुको पहुँच उपकरण सँग छैन जमिन धेरै हुने किसानी नै गर्दैनन अनी कसरी औजारीकरण र आधुनिक प्रविधिमा जान सकिन्छ उनी प्रतिप्रश्न गर्छन ।
भक्तपुरका किसानले धरानको कृषि इन्जिनियरिङ कलेजवाट आफुहरुले कृषिमा प्रयोग हुने विभिन्न उपकरण्हरु अवलोकन गर्न पाएको बताए । उनीहरुले भक्तपुरको माटोमा सुहाउने उपकरणहरुको विकास गर्न तथा सहज रुपमा किसानलाई उपलब्ध गराउन उक्त कलेजका इन्जिनियरहरुलाई माग समेत गरेका छन् । नेपालका इन्जिनियरले उत्पादन गरेको माटो सुहाउँदौ औजारहरु विकासमा सरकारले ध्यान दिन सके नेपाल कृषि उत्पादनमा इजरायल भन्दा कमि नहुने सहभागी किसान कुलवहादुर न्हेमाफुकी बताउँछन् ।