संजय शाहका उत्तराधिकारी नविन यादब पार्टी परिर्वतन गर्दै

3238

जनकपुरधाम । मेधेश क्रान्ति फोरम धनुषाका संयोजक एवं संजय शाह तक्लाका उत्तराधिकारीका रुपमा रहेका नविन यादव पार्टी परिर्वतन गर्ने सुरसारमा रहेका छन् । उनी निकट विश्वस्त श्रोतका अनुसार उनी छिटै नै ठुलो संख्यामा
आफु निकटका साथीभाईहरु सहित पार्टी परिर्वतनको सोचमा रहेका छन् ।
जनकपुरमा आफ्नो अलग राजनीतिक छवि बनाउँदै मधेश क्रान्ति फोरम सम्हाल्दै आएका उनी एक्कासी पाटी परिर्वतनको सोचमा आउँदा जनकपुरमा उनी कता जाँदै छन् भनी चर्काचर्की भएको छ ।
युवा नेता नविन संजय शाहको दाहिने हात तथा उनका उत्तराधिकारीका रुपमा रहेका कारण पनि उनी कुन पार्टी प्रवेश गर्दै छन् भन्ने विषयमा राजनीतिक दलहरुका विच कौतुहलताको विषय बनेको छ ।


गत निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधीलाई सघाएका उनले स्थानिय निकायका निर्वाचनमा भने राजपाका मेयर लाल किशोर शाहलाई सधाएका थिए । सदभावनाका संजय शाहलाई सधाउँदै आएका उनी संजय शाह जेल गएपछि
भने उनको उत्तराधिकारीका रुपमा जनकपुरमा काम गर्दै आएका छन् ।
पहिलो मधेश अन्दोलन देखि नै आफ्नो अहम भुमिका निर्वाह गरेका यादव मधेशीको हक अधिकारकालागि दिलो ज्यान दिएर काम गरि रहेका एक युवा नेताका रुपमा धनुषामा चर्चित रहि आएका छन् ।
मधेशी जनताको हक अधिकारकालागि लडी रहँदा आन्दोलनमा गम्भिर घाइते समेत भई मृत्युको मुखबाट बचेर आएका उनको लक्ष्य भनेको नै मधेश र मधेशीको हक हितकालागि गरिने कार्य भएका कारण उनी कता जाँदै छन् भन्ने विभिन्न आँकलनहरु गरिदै आएको छ ।