काठमाडौं ।
शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलका ४ कक्षाका छात्र कुशाग्र भट्टराईलाई मंगलबार विद्यालयमै पुगेर नेपाली चलचित्रका नायक निखिल उप्रेतीले सम्मान गर्दै वधाई दिएका छन् ।
नेपाली चलचित्र महोत्सवमा चललिचत्र क्षेत्रको ‘उत्कृष्ट वालकलाकारको पुरस्कार २०७४’ जितेका वालकलाकार भट्टराईलाई नायक उप्रेतीले विद्यालयको तर्फबाट उपहार दिएर सम्मान गरेका हुन ।
नेपाली कथानक चलचित्र ‘कोहलपुर एक्सपेस’मा नायक निखिलको छोरा बनेर खेलेका वालकलाकार भट्टराईलाई विद्यालयका प्रिन्सिपल राजु राईले विद्यालयमा पढुञ्जेल पुर्ण छात्रवृत्ति दिएको घोषणा गर्दै ‘टोकन अफ लभ’ दिएर सम्मान गरे । यसअघि उनलाई विद्यालयले आधा छात्रवृत्ति दिएको थियो ।
कार्यक्रममा विद्यालयका निर्देशकहरु देवीभक्त राई, प्रकाश आचार्य, भाइस प्रिन्सिपल रीता राईलगायत शिक्षक शिक्षिका तथा काठमाडौं महानरगपालिका ३० नं वडा सदस्य सरोज ढकालले उपहार प्रदान गरेका थिए ।