प्रारम्भिक वालविकास उच्च प्राथमिकता प्राप्त क्षेत्र’ : प्रम

606

एशिया प्रशान्त क्षेत्रीय प्रारम्भिक वालविकास सम्मेलन शुरु

काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक वालविकास नेपाल सरकारको उच्च प्राथमिकता प्राप्त कार्यक्रम भएको बताएका छन् ।
‘एशिया प्रशान्त क्षेत्रीय वालविकास सम्मेलन तथा प्रारम्भिक वालस्याहार’ एवम् ‘शिक्षाका लागि तेस्रो एशिया प्रशान्त क्षेत्रीय नीति मञ्च’को मंगलबार राजधानीमा उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले नेपालको संविधानले वालअधिकारलाई मौलिक अधिकारको रुपमा स्थापित गरेको बताउँदै संविधानले सम्पूर्ण वालवालिकाका लागि प्रारम्भिक वालविकाश र शिक्षाको सुनिश्चितता गरेको प्रष्ट पारे ।
वालअधिकार र शिक्षाको क्षेत्रमा कार्यरत युनिसेफ, आर्नेक लगायतका अन्तराष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबारदेखि राजधानीमा आयोजना गरेको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले शुरु गरेको विकास र समृद्धिको नयआँ अध्याय पुरा गर्न गुणस्तरीय प्रारम्भिक वालविकासले महत्वपूर्ण भूमिका खेल्ने पनि बताए ।
वालवालिकाको स्वास्थ्य र विकास उनीहरुको समग्र हेरचाहमा पर्ने उल्लेख गर्दै उनले वालवालिकाको स्वास्थ्य, पोषण, आवश्यकता अनुसारको हेरचाह, सुरक्षा, संरक्षण र प्रारम्भिक सिकाईमा परिवार र सेवा प्रदायकले दिने हेरचाह र आवश्यकता महत्वपूर्ण हुने उल्लेख गरे ।
सरकारले हरेक विद्यालय वालमैत्री हुनुपर्ने अवधारणा राखेको उल्लेख गर्दै विद्यालयभन्दा बाहिर रहेका वालवालिकालाई विद्यालयमा भर्ना गर्न वर्षभरी नै दोस्रो चरणको राष्ट्रिय भर्ना अभियान घोषणा गरेको पनि बताए । ‘एकवच्चाको भर्ना मेरो जिम्मेवारी’ नारा सफल हुँदा सबै वालवालिका विद्यालयको पहुँचमा पुग्ने प्रधनमन्त्री ओलीको दावी थियो । ‘विद्यालयमा निःशुल्क भर्ना, निशुल्क पाठ्यक्रमले मात्रै नभई दिवा खाजाले पनि विद्यार्थीलाई विद्यालयमा टिकाउने आधार रहन्छ’ उनले भने ।
एशिया तथा प्रशान्त क्षेत्रका ४० मुलुकका नीति निर्माता, उच्च पदस्थ अधिकारी तथा पदाधिकारीहरु, विकास नियोगका पदाधिकारीहरु, अनुसन्धानकर्ताहरुका साथै प्रारम्भिक वालविकास, हेरचाह र शिक्षाको क्षेत्रमा काम गर्दै आएका ७ सयजनाको सहभागिता रहेको छ ।
३ दिनसम्म चल्ने सो सम्मेलनले सदस्य देशहरुमा दिगो विकासका लक्षयहरु हासिल गर्न वहुपक्षिय प्रारम्भिक वालविकास सम्वन्धि कार्यक्रमहरुमा लगानी र क्षमता विस्तार गर्न जोड दिनेछ ।
साथै सम्मेलनले प्रारम्भिक वालस्याहार तथा शिक्षा सम्वन्धि नीतिको विकास, कार्यान्वयनको अवस्थाबारे अनुभवन आदानप्रदान गर्ने र प्रारम्भिक वालस्याहार तथा शिक्षाको समता र गुणस्तर सुधार सम्वन्धी विषयहरुमा छलफल गर्ने आयोजक शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले बताए ।
मन्त्री पोखरलेले नेपालभरी हाल ३६ हजार प्रारम्भिक वालविकास अनतर्गतका कक्षामा १० लाख वालवालिका आवद्ध रहेको बताए ।
कार्यक्रममा आर्नेक सञ्चालक समितिका अध्यक्ष डा. शेल्डन शेफरले प्रारम्भिक वाल स्याहार तथा शिक्षा सम्वन्धि कार्यक्तमहरुको सफल कार्यान्वयन र दिगो विकासका लक्ष्य हासिल गर्न वहुक्षेत्रीय रणनीतिको महत्वलाई अनुसन्धानमा आधारित प्रमाण र प्रयोगात्मक अनुभवले प्रष्ट पारेको बताए ।
युनिसेफको दक्षिण एशियाका क्षेत्रीय निर्देशक जिन गग, सहप्राध्यापक डा. आईशा युसफजाई लगायतले प्रारम्भिक वालविकासको क्षेत्रमा नेपाल लगायत एशिया प्रशान्त क्षेत्रका मुलुकहरुले एक दशकमा हासिल गरेका उपलब्धिहरु सन्तोषजनक भएको चर्चा गर्दै यसलाई सबै सदस्य मुलुकले उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने कुरामा जोड दिए ।