भक्तपुर । प्रहरीको सेटिङमा उपत्यका देखि काभ्रे सम्म नै जुवा तास खेलाउने गिरोह सक्रिय रहेका छन् । प्रहरी प्रशासनको मिलेमत्तोमा नै काठमाण्डौं उपत्यकाको विभिन्न स्थान तथा काभ्रेका विभिन्न स्थानमा जुवा तास खेलाउने गरिएको खुल्न आएको छ ।
काठमाण्डौंको दरवारमार्ग , चावहिल , गौशाला, कलंकी , बौद्य , स्वयम्वु लगाएतका स्थानमा जुवा तास खेलाउने गरिएको स्रोतले जानकारी दिएको छ ।
काठमाण्डौमा हाल मुख्य गरि सन्तोष श्रेष्ठ , अजय लामा , आषेश लामा(दिनेश), असोक लामा सोम लामा लगाएतका समूह जुवा तास खेलाउन सक्रय रहेको खुल्न आएको छ ।
यस्तै काभ्रेमा भने सेरे भनिने सन्तोष , रने लामा , कैलाष , बनेपाका जुवामा फेमस भुक्तेल भनीने , अर्जुन लामा , भैले भनिने टिपर साउ लगाएतका समूह जुवा तास खेलाउन सक्रिय रहेको खुल्न आएको छ ।
काभ्रेमा भने मुख्य बजारहरुमा भन्दा डाँडा डाँडामा लगेर विभिन्न समुहले प्रहरी र प्रशासनको मिलेमत्तोमा नै जुवा तास खेलाउने गरिएको स्रोतले जनाएको छ । यस्तै प्रहरीको उपस्थिती कम हुने उपत्यकाका विभिन्न कोलोनीहरुमा जुवाले जारो गाडेको छ ।
हाल उपत्यका लगाएत काभ्रेमा मिटर ब्याज लगाउने जुवा तास खेलाउने समूहले एकै खेलमा करोडौको खेला खेलाउने गरेका छन् । नेपालमा जुवा तास खेलाउनु अवैध भएपनि प्रहरी र प्रशासनको मिलेमत्तोमा नै अवैध रुपमा खेल खेलाउने गरिएको छ । यस्ता क्रियाकलापमा स्थानिय डन लगाएत राजनीतिक ब्यक्तीहरुको साथै धुमुवा प्रहरीहरुको ठुलो हात रहने गरेको छ ।