काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा फ्रान्स र उरुग्वेबीच प्रतिस्पर्धा हुने भएको छ। दुवै टिमले प्रिक्वार्टरफाइनलमा आ-आफ्ना खेल जित्दै अन्तिम ८ मा भेट पक्का गरेका हुन्।
फ्रान्सले अन्तिम १६ को पहिलो खेलमा दुई पटकको च्याम्पियन अर्जेन्टिनालाई ४-३ गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो। फ्रान्सका लागि उत्कृष्ट प्रदर्शन गरेका युवा फरवार्ड केलियन एमबाप्पेले २ गोल गरेका थिए।
यता उरुग्वेले युरोपियन च्याम्पियन पोर्चुगललाई २-१ गोलले पाखा लगाएर अन्तिम ८ मा फ्रान्ससँगको भेट पक्का गर्यो। उरुग्वेका लागि दुवै गोल इडिन्सन काभानीले गरेका थिए।
अब दुई टिमबीच आगामी शुक्रबार प्रतिस्पर्धा हुनेछ।