परीक्षा नियन्त्रक रेग्मी मन्त्रालय तानिए

471

काठमाडौं ।

गत हप्ता प्रकाशित गरिएको माद्यमिक शिक्षा परिक्षा (एसईई)मा भएको गम्भीर प्राविधिक त्रुटी छानवीनपछि दोषि ठहर गरिएका परिक्षा नियन्त्रण कार्यालय सानोठिमीका परिक्षा नियन्त्रक अम्विकाप्रसाद रेग्मीलाई आइतबार मन्त्रालय तानिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको मन्त्रीस्तरीय निर्णयबाट रेग्मीलाई कारवाहीस्वरुप मन्त्रालयमा तानेर उनको ठाउँमा पाठ्यक्रम विकास केन्द्रका प्रमुख कृष्णप्रसाद काप्रीलाई परिक्षा नियन्त्रकको समेत काम गर्ने गरि तोकिएको मन्त्री पोखरेलका प्रेस सचिव सुनिल खड्काले बताए ।

एसईईको परिक्षाफल प्रकाशित गरिएको पहिलो दिनमा भन्दा संशोधन गरि भोलिपल्ट पुनः परिक्षाफल प्रकाशित गर्दा झण्डै ९ हजार विद्यार्थीको प्राप्तांकमा हेरफेर भएको थियो । जसका कारण चितवनमा एकजना विद्यार्थीले आत्महत्या समेत गरेका थिए ।