काठमाडौं । ट्रिटन इन्टरनेशनल सेकेन्डरी स्कुल सुविधानगर तिनकुनेका विद्यार्थीलाई स्यान्डविच खाजा बनाउन सिकाइएको छ ।
विद्यालयले पछिल्लो समयमा विद्यार्थीहरुको विहानी या दिवा खाजाको रुपमा चलनचल्तीमा आएको स्यान्डविच (पाउरोटीको वीचमा क्रिम, गाजर लगायत राखेर बनाइने तयारी खाजा) आफैं बनाउन सिकाएको हो ।
बजारका तयारी खाजा भन्दा घरमा आफैं स्यान्डविच बनाएर खान र विद्यालयको दिवा खाजाको रुपमा लैजान विद्यार्थीहरुलाई आफैं स्यान्डविच बनाउन सिकाएको विद्यालयकी भाइस प्रिन्सिपल ममता शाहले बताउनुभयो ।
विद्यालयले किनिदिएको पाउरोटी, क्रिम, जाम, गाजर लगायतको प्रयोग गरि विद्यार्थीले बनाएको स्यान्डविच कक्षा शिक्षकदेखि सबै शिक्षकहरुलाई खान दिएका थिए । विद्यालयले विद्यार्थीलाई आफ्नो काम आफैं गर्नदेखि साधारण खानेकुरा र खाजा बनाउन सिकाउने व्यवहारिक ज्ञान दिँदै आएको छ ।