उद्धारको लागि तयार रहन स्काउटलाई निर्देशन

226

काठमाडौं ।
आइतबार रातीदेखि मुलुकभरी अविरल रुपमा परेको झरिका कारण हुनसक्ने संभावित जनधनको क्षतिमा तत्काल उद्धार तथा राहतका लागि नेपाल स्काउटले ७७ जिल्लाका सबै स्काउटहरुलाई ‘तयारी अवस्थामा रहन’ निर्देशन दिएको छ ।
स्काउटको सिद्धान्तअनुसार जुनसुकै बेलामा तयार रहनुपर्ने स्काउटलाई प्राकृतिक विपद्का बेलामा अझ चनाखो भई तयार रहन निर्देशन दिएको नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका संयोजक चन्दन कौशिकले बताए् । विगतदेखि नै प्राकृतिक विपद्मा नेपाल स्काउटले सँधै स्वयम्सेवी भूमिका निभाउँदै उद्धार तथा राहत वितरणमा हरदम सकृय रहँदै आएको छ ।
नेपाल स्काउटका कार्यालय प्रमुख केशव बोहोराद्वारा सोमबार जारी विज्ञप्तीका अनुसार गृहमन्त्रीको अध्यक्षता रहने विपत् व्यवस्थापन सम्वन्धि राष्ट्रिय कार्यकारी समितिको सदस्यमा नेपाल स्काउट पनि पदेन सदस्य रहने प्रावधान रहेको उल्लेखछ ।
प्राकृतिक विपत्तिमा सहयोग गर्न नेपाल स्काउटले केहीवर्ष अघिदेखि नै मुलुकका २४० वटै निर्वाचन क्षेत्रका स्काउटलाई विपत् व्यवस्थापन तालीम दिएको थियो ।