काभ्रे– शारिरीक सम्बन्ध राखेको देखेपछि होहल्ला हुने डरले युवक– युवतीले १० वर्षिया बालिकाको हत्या गरेका छन्। हत्यापछि भाग्ने क्रममा स्थानीयहरुले उनीहरुको समेत हत्या प्रयास गरेका छन्।
काभ्रेको तिमाल गाउँपालिका–१ आधा बाटोमा बुधबार भएको घटना हो। घर बनाउने काम गर्न सो गाउँ पुगेका बारा गतहला गाउँपालिका–४ घर भएका २३ वर्षीय जोखन मन्सुरीले एक स्थानीय युवतीसँग कुुखुरा खोरमा सम्बन्ध कायम राखेका थिए। जून घटना स्थानिय १० बर्षिया एलिसा तामाङले देखेकी थिइन्। तामाङले आफुहरुबीचको सम्बन्धबारे हो–हल्ला गर्ने डरले उनीहरुले बालिकाको हत्या गरेका थिए।
हत्या गरेर भाग्दै गर्दा स्थानीयले मन्सुरीमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको काभ्रे प्रहरीले जनाएको छ। युवतीलाई पनि प्रहरीले पक्राउ गरेको छ।