समजसेवामा बज्रशक्ति एकता समाज आउँदै

437

भक्तपुर । सामाजिक क्रियाकलापलाई बढावा दिन तथा भावी पूस्तालाई मार्ग निर्देशन गर्ने उद्देश्यका साथ बज्रशक्ति एकता समाज आउने भएको छ ।

तेमाल गाउँपालिका वडा नम्वर ९ मेन्छे काभ्रेमा संस्थाको जन्मथलो बनाउँदै असार २३ गते भक्तपुरमा बिबिध साँस्कृतिक कार्यक्रम गर्दै उक्त संस्थाको उद्घाटन गरिने भएको हो ।
बज्रशक्ति एकता समाज परिवार उद्घाटन कार्यक्रममा समाजमा योगदान दिदै आउनुभएका अगुवाहरुको सम्मान तथा तामाङ कलाकारहरुको बेजोड प्रस्तुतिका साथ बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिने संस्थाका अध्यक्ष बिरवहादुर घिसिङले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुर्व राज्य मन्त्री सुर्यमान दोङ लालध्वजको प्रमुख आतिथ्य तथा काभ्रेका प्रतिनिधिसभा सदस्य गंगावहादुर तामाङ बामध्वजको विषेश आतिथ्यमा संचालन हुने कार्यक्रममा तामाङ समाजको उत्थान एवं विकासमा योगदान दिनुहुने विशिष्ठ पाहुनाको उपस्थिती रहने छ ।
स्ववलम्वी समाज निर्माको खातिर सुरु गर्न लागिएको संस्थाको शनिवार सुर्यविनायकको शुभकामना पार्टी प्यालेसमा समुद्घाटन गरिने उहाँले जानकारी दिनुभयो । उक्त कार्यक्रममा के डि सि डान्स कल्चर प्रालिको बेजोड प्रस्तुती रहने छ ।