भक्तपुर । सरकारले तोकेको भन्दा बढि पैसा उठाउने मेनपावरलाई कारवाही गरिने भएको छ । वाईसियल नेपाल प्रदेश नम्वर ३ वाईसियल श्रम तथा रोजगार विभागले बढि पैसा असुल्ने , एउटा काम भनी अर्को काममा पठाउने मेनपावरलाई कारवाहीको प्रक्रिया अगाडी बढाएको छ ।
श्रम तथा रोजगार विभागले बढि पैसा लिने मेनपावरहरुको अनुसन्धान प्रक्रिया अगाडी बढाएको विभागका अध्यक्ष कुमार लामा बताउनुहुन्छ । उहाँका अनुसार अव हामी नेपालीलाई ठग्ने कुनै पनि मेनपावर कम्पनीलाई छोड्ने छैनौं ।
डन पाल्दै सर्वसाधारण ठग्ने कुनै पनि मेनपावरलाई नछोडिने उहाँ बताउनुहुन्छ । बोन्सरका रुपमा डन पाली गुण्डा गर्दि गर्ने तथा सरकारले तोक भन्दा बढि पैसा असुल गरेर सोझा नेपाली ठग्ने जो कोही भएपनि वाईसियलले सामाजिक कारबाही गरि प्रहरीलाई सुम्पने जानकारी दिनुभयो ।
उहाँका अनुसार हाल ठगि गर्ने मेनपावरलाई वाईसियल नेपाल श्रम तथा रोजगार विभाग , श्रम मन्त्रालय र गृह मन्त्रालयले संयुक्त रुपमा कारवहीको प्रक्रिया अगाडी बढाउन लामा बताउनुहुन्छ ।
हाल बढि पैसा उठाउने विदेशी कम्पनी सँग पनि पैसा लिने र यता सर्वसाधारण सँग पनि पैसा उठाउने गुण्डा लगाएर थर्काउने र विभिन्न एजेन्ट मार्फत ७ लाख ८ लाख देखि माथी पैसा असुल गर्ने मेनपावर तथा श्रम अनुमती नलिएको देशमा कामदार पठाउने , भारत हुँदै मानव तस्कर गर्नेहरुलाई कारवाही प्रक्रिया अगाडी बडाइएको हो ।







































