संसारकै ठुलो देश ‘रुस’ बारे यस्ता रोचक तथ्यहरु – जुन थाहा पाउँदा तपाइँ अचम्मित पर्नुहुनेछ

723

संसारमा ७ वटा माहादेश र हाल १९५ वटा देशहरु रहेका छन् ।

यसमध्ये क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो देश रुस हो ।

रुस संसारकै ठुलो देश मात्र हैन अन्य देशहरुको तुलनामा यो देशको सहरमा सबैभन्दा ज्यादा अरबपति रहने देश पनि हो ।

आज हामी तपाईहरुलाई रुसकाबारे केहि यस्ता रोचक तथ्यहरुबारे जानकारी गराउँदैछौँ जुन तपाईलाई थाहा नहुन सक्छ:
के तपाईलाई थाहा छ ? रुस विश्वको एक यस्तो देश हो जहाँ एक भागमा दिन हुँदा अर्को भागमा साँझ हुन्छ ।

रूसको क्षेत्रफल १७,१२५,१८७ वर्ग किलोमीटर रहेको छ । यानिकि, यो फुच्चे ग्रह प्लूटो भन्दा ठुलो हो । ‘मस्काउ’ शहर रुसको राजधानी र सबैभन्दा ठुलो शहर पनि हो ।


संसारमा सबैभन्दा बढी बोलिने भाषा मध्ये रसियन भाषा पाचौं स्थानमा आउँछ ।

रुसमा अवस्थित ‘बैकल ताल’ (Baikal Lake) जहाँ, संसारको २०% शुद्ध पानी रहेको छ । त्यतिमात्र हैन बैकल ताल संसारको सबैभन्दा गहिरो ताल पनि हो भने रुसकै ‘करच्याँ ताल'(Karachay Lake) दुनियाँकै सबैभन्दा प्रदुषित र रेडियोधर्मीयुक्त ताल हो ।
अन्य देशको तुलनामा रुससँग सबैभन्दा ज्यादा ८४००० माथिको संख्यामा परमाणु हतियार रहेका छन् ।

एक तथ्याङ्क अनुसार प्रत्येक रसियन हर साल १८ लिटर बियर पिउँछन् ।

रुसमा हर साल पाँच लाख भन्दा ज्यादा मानिस केवल अल्कोहलको कारणले मर्ने गर्छन् ।

रुसमा पुरुषको तुलनामा महिलाको संख्या अधिक रहेको छ । ९ लाख भन्दा ज्यादा ।

रुसको एक अन्तिम बिन्दु/सिमानाबाट अमेरिका मात्र चार किलोमिटरको दुरीमा पर्छ ।
विश्वको सबैभन्दा ठुलो म्याकडोनल्ड्स रेस्टुरेन्ट( McDonald restaurant) मस्काउमा रहेको छ ।

रुस संसारको दोस्रो सबैभन्दा बढी तेल उत्पादन गर्ने देश हो । यदि, रुसको सबै पाईपलाइन जोड्ने हो भने त्यसले पुरा पृथ्वीलाई ६ पल्ट बेर्न भ्याउँछ ।

सन् १८६७ मा अमेरिकाले रुसको ‘आलस्का’ सिर्फ ७.२ मिलियन अमेरिकी डलरमा किनेको थियो ।
विश्वमा सबैभन्दा ज्यादा बच्चा जन्माउने रेकर्ड एक रुसी महिलाको नाममा छ ।

ति महिलाले ६९ बच्चाको जन्म दिएकी थिइन् ।

अन्तरिक्षमा सबैभन्दा पहिले उपग्रह पठाउने देश पनि रुस नै हो ।

सन् १९५७ मा रुसको सोभियत यूनियनबाट ।रुसमा एक समयमा दाह्री पाल्नेले ट्याक्स तिर्नु पर्थ्यो जतिबेला रुसमा शासक ‘पिटर’को शासन चल्थ्यो ।
यो मानिन्छ कि, रुसमा लगभग १५ यस्ता सहरहरु रहेका छन् जस्का नाम र पता सिक्रेट छ ।करिब एक तिहाई रसियन यो मान्दथे कि, सुर्यले पृथ्वीको परिक्रमा गरिरको छ ।“Vodka” शब्द रुसी भाषाको Voda शब्दबाट आएको हो, यसको अर्थ पानी हुन्छ ।रसियामा पुरुषको औसत आयु ५९ र महिलाको ७३ वर्ष रहेको छ । संसारको सबैभन्दा लामो र व्यस्त रेललाइन रुसमै रहेको छ ।रुसको ७७% भू-भाग एसियामा पर्दछ भने अन्य भाग युरोपमा ।