बेबिलोनका विद्यार्थीलाई साइबर क्राइमबारे सचेतना

295

 

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, ट्विटर, ह्वाट्सअप लगायतमा जे पायो त्यही नलेख्न, लाइक, कमेन्ट र शेयर नगर्न तथा अरुलाई गाली नगर्न नेपाल प्रहरीले बेबिलोन स्कुलका विद्यार्थीलाई सुझाएको छ ।

पछिल्लो समयमा युवापुस्तामात्रै नभई साना विद्यार्थीदेखि किशोरकिशोरीहरु सामाजिक सञ्जालमा धेरै झुम्मिन थालेको र उनीहरुबाट सामाजिक सञ्जालको दुरुपयोग हुन थालेकोले बेबिलोन नेशनल स्कुल शान्तिनगरले त्यहाँ अध्यनरत विद्यार्थीहरुलाई नेपाल प्रहरीका सम्वन्धित वीज्ञबाट सामाजिक सञ्जालका राम्रा र नराम्रा पक्षबारे जानकारी गराएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौं अन्तर्गत अपराध अनुसन्धान महाशाखा टेकुका प्रहरी नायव निरीक्षक राजेश महर्जनले विद्यार्थीलाई सामाजिक सञ्जाल, यसको सदुपयोग गर्दाका फाइदा र दुरुपयोग गर्दा भोग्नुपर्ने जेल सजाँय तथा जरिवनाका विविध पक्षबारे ८ देखि १० कक्षासम्मका विद्यार्थीलाई जानकारी गराएका थिए ।