मध्यपुर थिमि,– युवाहरुलाई सकारात्मक सोच, शिक्षामा दक्षता र क्रियाशील बनाउने सगरमाथा समूहले “व्यावहारिक ज्ञान र अनुभवका लागि नौलो चिन्तन र नविन दृष्टिकोष” भन्ने मूल नाराका साथ १६ औं वार्षिकत्सोवको उपलक्ष्यमा सगरमाथा संगीतमय सा“झको आयोजना गरियो ।
प्रदेश नं. ३ का आन्तरिक तथा कानूनमन्त्री शालिकराम जमक“टेलले पानसमा दीप प्रज्वलित गरी उद्घाटन गर्नुभएको उक्त संगीतमय साँझलाई सम्बोधन गरी नेपालको पहिचान भनेकै हाम्रो कला, संस्कृति र सांस्कृतिक धरोहर हुन । त्यसकारण यसलाई हामीले संरक्षण र संवद्र्धन गर्नु जरुरी छ । आज यस सगरमाथा समूहले गरिरहेको कार्यप्रति आभार व्यक्त गर्दै सधैं सहयोग गरिरहने प्रतिवद्धता गर्ने बताउनुभयो ।
संस्थाले गत असोज १ गतेदेखि आठ महिनासम्म प्रशिक्षण लिएका बासुरीवादक कलाकारहरुले बासुरी वाद्यको माध्यमबाट कार्यक्रमका सहभागीहरुलाई मोहित पारेका थिए । विभिन्न गीतको बोलमा बासुरीवादन प्रस्तुत गरेको थिए ।
सगरमाथा समूहका अध्यक्ष कृपा श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा जनप्रेमी कलेजका प्रिन्सिपल निमेश आचार्य, परिवार नियोजन संघ काठमाडौं उपत्यका शाखाका शाखा प्रवन्धक.शरद अर्याल, मध्यपुर थिमि न.पा. वडा नं. ४ का वडाध्यक्ष कुमार श्रेष्ठ, पूर्व एआईजी डा. ठाकुरमोहन श्रेष्ठ, प्रदेश नं. ३ क्षेत्र नं. २ खका सभासद् डा. राजेन्द्रमान श्रेष्ठलगायत वक्ताहरुले समाज परिवर्तनका लागि युवाहरुको ठूलो भूमिका रहने भएकाले राष्ट्र निर्माणका लागि युवाहरुको खा“चो रहेको बताउनुभयो ।
मध्यपुर थिमिस्थित बालकुमारी मन्दिर प्राङ्गणमा भएको उक्त सांस्कृतिक कार्यक्रममा युवा सूचना केन्द्रका सद्भाव राजदूत बक्सिङ्ग खेलाडी दिपेश श्रेष्ठलाई घोषणा गरी सम्मान गरियो । साथै कार्यक्रममा सहयोग गर्नुहुने महानुभाव तथा संघसंस्थाहरुलाई कदर–पत्र अतिथिहरुबाट प्रदान गरियो भने बासुरी प्रशिक्षार्थीहरुलाई प्रमाण–पत्र प्रदान गरियो ।