कविता प्रतियोगितामा विजयी प्रकृतिलाई सम्मान

659

 

काठमाडौं । २०५ औं भानुजयन्तीको अवसरमा रातो बंगला स्कुलले आयोजना गरेको उपत्यकाव्यापी भानु कविता वाचन प्रतियोगितामा द्धित्तिय भएकी करियर विल्डिंग इन्टरनेशनल एकेडेमी पेप्सीकोला, टाउनप्लानिंगकी छात्रा प्रकृति सुवेदीलाई आइतबार विद्यालयले सम्मान गरेको छ ।

विद्यालयको प्रार्थनासभामा विद्यालयका प्रिन्सिपल हेम राईले प्रकृतिलाई टिका र उपहार दिएर सम्मान गरेका हुन ।

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्तीको अवसरमा गत असार २४ गते रातो बंगला स्कुल पाटनढोकाले आयोजना गरेको अन्तरविद्यालय कविता वाचन प्रतियोगितामा उपत्यकाका ३८ विद्यालयका विद्यार्थीहरुले भाग लिएका थिए । कविता वाचन प्रतियोगितामा दोस्रो भएकी छात्रा प्रकृति करियर स्कुलमा ८ कक्षामा पढ्छीन ।