नेवार बस्तिका चोक चोकमा घण्टाकर्ण जलाईदै

724

भक्तपुर । आज घण्टाकर्ण गाँठामंगल जात्रा हर्ष उल्लासका साथ मनाईदै छ । प्रत्येक बर्षको साउन कृष्ण चतुदर्शीका दिन यो जात्रा नेवारी समुदायमा भब्यताको साथ मनाउने गरिन्छ । यो जात्रा कहिले देखि मनाउने गरिएको हो त्यसबारे तथ्य प्रमाण नभेटिएता पनि समाजमा बच्चा मारेर खाने राक्षसको अनत्य गरि सोहि राक्षसलाई दोवाटोमा लगि आजकै दिन साँझमा जलाउने गरिन्छ ।

घण्टाकर्ण भाग्यमा भन्दा कर्ममा बिश्वास गर्ने र सदैव भगवानको नाम सुन्नु पर्ला भनी कानमा ठुलो घण्टा झुण्डाएर राख्ने भएकाले यो जात्रालाई घण्टाकर्ण नाम दिईएको. कथामा पढ्न पाईन्छ । राक्षसको आकृती बनाई नग्न श्वरुप दिएर घण्टासुर बनाई दिनभर दोवाटो र चौवाटोमा उभ्याई साँझपख सेलाउने गरिन्छ । गाथामोग छ्वालीबाट बनाईएको हुन्छ र यसलाई बिभिन्न तरिकाले सजावट गरिएको हुन्छ त्यतीमात्र होईन गाथामोग को शरिर खुल्ला राखिने परमपरा रहेको पाइन्छ खुल्ला शरिर र उत्तेजक लिंग को प्रदर्शनले राक्षेको उपामा दिइएता पनि घण्टाकर्ण भैरवको एक अंग भएको सामाजिक मान्यता पनि रहिआयको छ ।

नेवार समुदायमा यो जात्रा भब्यताका साथ मनाईएता पनि भक्तपुरमा यसको प्रभाव बढिनै रहेका पाईन्छ , आजको दिन गाथामोग जात्रा हेर्नलाई उपत्यका भित्रका जत्रालु मात्र नभई उपत्यका आसपासका जिल्ला बाट समेत जत्रालुको ओईरो लाग्ने गर्दछ ।

भक्तपुर जिल्लाका बिभिन्न ठाँउमा गाथामोगको रमझम बिहानै बाटै शुरुवात हुने र अन्य ठाँउमा भन्दा फरक रुपले मनाईने भएकाले भक्तपुरको घण्टाकर्ण जात्रा नेपालीका सामु प्रख्यात रहेको छ ।