स्याउको मुल्य पाउँदा किसानले पाय राहत

396

कालिकोट। स्याउ किसानहरुले यो वर्ष राम्रो मूल्य पाउँदा सन्तोषजक भएका छन्। गत वर्ष कर्णाली राजमार्गमा पु¥याउँदा थोरै मूल्य पाउने किसानहरूले अहिले बारीमा नै स्याउको राम्रो मूल्य पाउँदा निकै खुसी भएका हुन् । बिगतमा बारीबाट कर्णाली राजमार्ग स्याउ पु¥याउँदा पनि व्यापारीहरूले २० देखि २५ रुपैयाँमा प्रतिकिलो दिने गरेको भएपनि अहिले स्याउ बारीमा नै व्यापारीहरूले प्रतिकेजीको ६० देखि ७० रुपैयाँमा बिक्री हुन थालेपछि स्याउ किसानहरू मेहनत अनुसारको फल पाउन थालेका हुन्।

 
आजभोलि व्यापारीहरू स्याउ किसानहरूको बारीमा नै पुगेर स्याउ किन्ने गरेको र स्याउबाली राम्रो भएका कारणले स्याउबाट किसानले राम्रो आम्दानी लिएको तिला गुफा नगरपालिका प्रमुख रतन बहादुर शाहीले बताए। ‘किसानले स्याउ बेच्नकै लागि बजार जानु गरेको छैन।’उनले भने, ‘व्यापारीहरू स्याउ किन्नका लागि किसान कै घरमा आउन थालेका छन्।’ बिगतका दिनमा स्याउ बिक्री गर्नका लागि राजमार्गमा स्याउ पु¥याउनु पर्ने आफूले भनेको मूल्यमा नपाउने गरेकोमा यो वर्ष भने स्याउ बारीमा नै व्यापारी स्याउ किन्न थालेको तिला गुफा नगरपालिका स्याउ व्यापारि टेक वहादुर शाहिल बताए। ‘स्याउबारीमा नै व्यापारीहरु स्याउ किन्नआउने गरेका छन्। स्याउको मूल्यपनि राम्रो दिएका छन्।’ उनले भने,‘अहिले बारीमा नै व्यापारीहरूले ६० देखि ७० रुपैयाँप्रतिकेजीदिने गरेका छन्।’ स्याउ किसानले राम्रो मूल्यमा स्याउ बिक्री हुन थालेपछि किसानको आम्दानी बृद्धि भएको र किसानलाई सहुलियतमा स्याउ बिरुवा बितरण गर्न थालिएको तिला गुफा नगरपालिका प्रमुख शाहीले बताए।

‘कालिकोटको आम्दानीको स्रोत नै स्याउबालीहो।’ उनले भने,‘हामीले स्याउमाबिरुवामाअनुदान समेत दिएका छौं।’ १२ हजार मेट्रिक टन स्याउफल्यो जिल्लाकातिलागुफानगरपालिका(१० हजार मेट्रिक टन र अन्य ठाउँमा दुईहजार मेट्रिक टन स्याउफलेको जिल्ला कृषिविकास कार्यालय कालिकोटले जनाएको छ। तिलागुफानगरपालिका यस आर्थिक वर्षमा स्याउबालीलगाएको क्षेत्रमा ८० प्रतिशत स्याउफलेको र १० हजार मेट्रिक टन स्याउउत्पादनभएको तिलागुफानगरपालिका कृर्षि शाखाप्रमुख गणेश अधिकारिले बताए । ‘स्याउबालीलगाएको क्षेत्रमा ८० प्रतिशत स्याउबिरुवाले दानादिएको छ।’ उनले भने, ‘हाम्रो नगरपालिकामा १० हजार मेट्रिक टन स्याउफलेको अनुमान गरेका छौं।’ जिल्लाकाअन्य स्थानीयतहहरुमध्ये खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका र पचालझरनागाउँपालिकामा क्षेत्रमाकरिब दुई हजार मेट्रिक टन स्याउफलेको जिल्ला कृषिविकास कार्यालय कालिकोटका बागवानीअधिकृत भत्तिरामशर्माले बताए।

‘सबैभन्दा बढी तिला गुफा नगरपालिका स्याउ फलेको छ।’ उनले भने,‘त्यो भन्दा अन्य क्षेत्रमा कमै स्याउ फलेको छ।’ सुरु भयो स्याउ निर्यात कर्णाली प्रदेशका जुम्ला, मुगु र कालिकोट जिल्लाबाट स्याउ निर्यात गर्ने काम सुरु भएको छ। भदौं महिना सुरु भएसँगै स्याउ निर्यात सुरु भएको हो। कर्णालीबाट निर्यात गरिएको स्याउ नेपालका प्रमुख व्यापारिक शहरहरू सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, चितवन, काठमाडौं र विराटनगरमा पुग्ने गरेको व्यापारी मुनबहादुर थापाले बताए। ‘स्याउ किसान तथा व्यापारीलाई भदौं महिना निर्यातको काम सुरु गरेका छन्।’ उनले भने, ‘भदौंको पहिलो सातामा नै स्याउको निर्यात भइसकेको छ।’ गाउँमा स्याउ उत्पादन राम्रो भएपछि भारतको रोजगारी रोकियो जिल्लाको तिला गुफा नगरपालिका(४ को राचुलीगाउँ र वडा २ को रताडा गाउँमा स्याउ उत्पादन राम्रो भएपछि भारतको रोकिएको छ । स्याउ उत्पादन राम्रो भएपछि गाउँ नै आम्दानी स्रोत बढेका कारणले भारतको रोजगारी रोकिएको हो। राचुली र रताडा गाउँका सबै घरपरिवारले यो आर्थिक वर्ष न्यूनतम ४५ हजारको स्याउ बिक्री गरेका छन्। कालिकोटकै स्याउको राजधानीको रुपमा यस क्षेत्रको तिला गुफानगर लाई चिनिन्छ ।