नगर स्तरिय प्रतिभा पहिचान कार्यक्रम सम्पन्न

1147

भक्तपुर । समाजवाद अध्ययन केन्द्र चाँगुनाराण भक्तपुरद्वारा आयोजित प्रतिभा पहिचान कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । निबन्ध , हस्तलेखन , र क्षमता पहिचान बिषयमा गरिएको उक्त कार्यक्रममा ६५० विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
विभिन्न बिधामा सहभागी विद्यार्थी मध्ये मनकामाना माध्यामिक बिद्यालय दक्षिणढोका काठमाडौंले यगत कतबलमष्लन अवार्ड सहित हस्तलेखन बिधामा प्रथम पुरस्कार प्रप्त गरेको थियो । त्यस्तै हस्तलेखनमा गोल्डेन सुनगाभा दोश्रो , एभरेस्ट ई स्कुल तेश्रो हुन् सफल भएका थिए ।
निबन्ध बिधामा महेन्द्र बिध्याश्रम स्कुलकी साइ थापा प्रथम, महेन्द्र ग्राम माबिकी श्रीजना श्रेष्ठले दोश्रो र देबि माबि ताथलीका भुपेन्द्र पुवाँर मगर तेस्रो हुन् सफल भएका थिए ।


क्षमता मापन अन्तर्गत फुलब्राइट इ स्कुल कि कक्षा १० कि छात्रा रसिका आचार्य प्रथम , ख्वप स्कुलका कक्षा १२ का दिवाकर तिमल्सिना दोश्रो, ख्वप सेकेन्डरि स्कुलका भक्तपुरको रोसन नेपाल तेश्रा भएको थिए ।
समाजवाद अध्ययन केन्द्रले हस्तलेखनमा विदेशीने नेपालीको सम्झनामा फरक विषयबस्तु आमालाई चिठी लेख्न लगाएको थियो ।
सधै जसो हुने अनुलेखन लाई परिबर्तन गर्दै हस्तलेखनलाई मौलिक बनाउन बिषय दिएको समाजवाद अध्ययन केन्द्रका अध्यक्ष दुर्गाप्रसाद फुयालले जानकारी दिनुभयो ।
समाजवादमा समाजवादी शिक्षा भनेको प्रतिभाको चयन र उजागर गर्नु भएको बताउदै समाजवाद अध्ययन केन्द्रले सहभागी विद्यार्थी तथा विद्यालयलाई धन्यवाद ज्ञापन गरेको थियो ।
निबन्ध बिधा र क्षमता बिधामा प्रथम हुने तथा गेस्ट स्कुल अवार्ड चाँगुनाराण माबि लाई एक एक थान अन्नपूर्ण पोस्टको बार्षिक ग्रहक तथा अन्य सम्पूर्ण विधामा प्रथमहुने विद्यालयलाई संस्थाको तर्फबाट नयाँ पत्रीका दैनिक एक बर्षको लागि ग्रहक पनि उपलब्ध गराएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी नेपाल संस्कृत बिश्वबिद्धालयका उपकुलपती प्रा.डा. कुलप्रसाद कोइरालाले विद्यार्थीको मनोभाव अनुरुप नै उनीहरुको वृत्ती विकासमा टेवा दिन सके मात्र भविश्यका कर्णधार निर्माणमा सहजता हुने बताउनुभएको थियो । विद्यार्थीका प्रतिभा जव सम्म पहिचान गर्न सकिन्न तव सम्म उक्त विद्यार्थी भविश्यमा के बन्छ भन्न सकिन्न साथै हाल भनेको मल्टी मिडियाको जमाना हो आफू सँग भएको प्रतिभाले पनि मानिस पालिन सक्छ भन्ने प्रमाणित भई सकेको जमानामा कसैको प्रतिभालाई हेला गर्नु भन्दा उजागर गर्नूपर्ने उहाँको भनाई थियो ।