ककनीमा काव्य स्काउटको क्याम्प

918

 

काठमाडौं । काव्य स्कुल नयाँबानेश्वरमा गठित काव्य स्काउट ट्र«ुपमा आवद्ध ७ र ८ कक्षाका ८८ जना स्काउटहरु नेपाल स्काउटको अन्तर्राष्ट्रिय तालीम केन्द्र ककनीमा एकरात दुईदिने क्याम्पमा सहभागी भएर फर्केका छन् । काव्य स्काउटको यो ११ औं क्याम्प हो ।

काव्य स्कुलका संस्थापक निर्देशक रिजन खड्का क्याम्प चिफ रहेको सो स्काउट क्याम्पमा सहभागी स्काउटहरुलाई सुपरम्यान, अपसेलिंग, रक क्लाइम्विंग, सन ब्लाइन्डनेश सहित २४ भन्दा बढी कृयाकलापमा सहभागी गराईएको थियो ।

स्काउट गुरु अनुज थापाको संयोजकत्वमा आयोजित सो क्याम्पमा छात्रातर्फ स्वेता थापा तथा छात्रतर्फ सफल सापकोटा, अनुशासित स्काउटतर्फ श्रीश भण्डारी र रोभर स्काउटतर्फ गौरव प्रताप राणा उत्कृष्ट भएका थिए ।

क्याम्पका उत्कृष्ट स्काउट र समूहलाई नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य एवम् सिन्धुपाल्चोक जिल्ला स्काउटका जिल्ला आयुक्त देवदूत अधिकारी, क्याम्प चिफ एवम् काव्य स्कुलका संस्थापक निर्देशक रिजन खड्का, तथा संस्थापक निर्देशकद्वय प्रेमराज अर्याल र दिलिप थापाले क्याम्पका उत्कृष्ट स्काउटलाई पुरस्कार र ब्यायज प्रदान गरेका थिए ।