प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका आमाबुवालाई न्याय दिलाउन कुनै कसर बाँकी नराख्ने बताएका छन्।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर निर्मलाका बाबुआमाले ज्ञापनपत्र बुझाएका थिए।
उनीहरूसँग प्रधानमन्त्री ओलीले ४५ मिनेट कुरा गरेको भेटमा उपस्थित एक सहभागीले बताए।
उनका अनुसार, भेटमा निर्मला पन्तकी आमाले आफूहरू न्याय माग्नका लागि काठमाडौं आएको बताएकी थिइन्। उनले घरबाट निस्केदेखि अहिलेसम्मका घटना विवरण प्रधानमन्त्रीलाई सुनाइन्।
त्यसपछि प्रधानमन्त्रीले निर्मलाको हत्याका दोषीहरू जोसुकै भएपनि पक्राउ गरी कारबाही गर्न सरकारले कुनै कसर
Source link