भक्तपुर नगरपालिका ब्यापी अन्तर विद्यालय हाजिरी जवाफ प्रतियागिता सुरु

613

भक्तपुर । भक्तपुर नगरपालिका ब्यापी अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सुरु भएको छ । प्राकृतिक सम्पदा नेपालको आयोजनामा भई रहेको अन्तर विद्यालय स्तिरिय हाजिरी जवाफ प्रतियोगिता आज बाट सुरु भएको हो ।

बुधवार भएको प्रतियोगितामा १६ विद्यालय सेमि फाइनलमा प्रवेश गरेका छन् । ३२ विद्यालय सहभागी रहेको उक्त प्रतियोगितामा आज भएको हाजिरी जवाफमा १६ समूह प्रथम र दोस्रो हुँदै अर्को चरणमा प्रवेश गरेका हुन् ।

सेमि फाईनलमा प्रवेश गर्ने विद्यालयहरुमा समूह ए बाट सेक्रेट हार्ट र अक्सफोर्ड प्राक्टिकल , समूह वी बाट प्रभात र प्रोक्सिमा , समूह सी बाट क्रियटिभ र सैनिक अावासिय , समूह डी बाट मेघा र सूर्योदय , समूह ई बाट एमभीए र हिमालय , समूह जी बाट ईजी पाईनियर र माउन्ट भ्याली र समूह एच बाट सनसाईन र श्री पद्म रहेका छन् ।

संस्थाले पहिलो पटक अयोजना गरेको उक्त प्रतियोगिताको सेमिङ फाईनल प्रतियोगिता र फाईनल भने शनिवार हुने कार्यक्रम संयोजक नविन नारायण मुनकर्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिवार नै फाईनल प्रतियोगिता सँग सँगै विजेतालाई पुरस्कार वितरण कार्यक्रम समेत रहेको छ ।

कक्षा ८ ,९ र १० का विद्यार्थी सहभागी रहेको उक्त हाजिरी जवाफ प्रतियोगिता सामुहिक साकाेसले प्रायाेजन गरेको छ ।