भक्तपुर । तामाङ एकताको लागि हाम्रो अभियान “ एउटै ठाउं र एउटै तिथि मितिमा हाम्रो ल्होछार” भन्ने नाराका साथै यो वर्षको ल्होछार मनाईने भएको छ । तामाङ कलाकार संघको आयोजनामा हाल दुई संस्थाका रुपमा काम गरि आएका तामाङ समुदायलाई एकै स्थानमा भेला गराई आगामी ल्होछार एकै स्थानमा गर्न आग्रह गर्ने गरिने भएको छ ।
असोज ६ गते शनिवार दुवै संस्थालाई एकै स्थानमा भेला गराई आगामी ल्होछार एकै स्थानमा एकै मिति एवं एकै तिथिमा गर्ने प्रयत्न गर्न लागिएको हो ।
प्रमुख अतिथि पूर्व कानुन मन्त्री तथा माननिय शेर ब तामाङ, बिशेष अतिथि कमान सिं लामा (पुर्व राजदुत कोरिया), मोहन गोले (नेपाल तामाङ घेदुङ), बिर ब योञ्जन( नेपाल राष्ट्रिय तामाङ घेदुङ), अजितमान तामाङ , निमा गेसे (तामाङ बौद्ध महासंघ), सोनम् ग्यूर्मे (लामा गुरु ), मिलन मोक्तान( साधना कला केन्द्र) लगायतका अन्य पाहुनाको उपस्थिती रहने छ ।
नेपाल तामाङ घेदुङ र नेपाल तामाङ राष्ट्रिय घेदुङ दुवै संस्थालाई आपसी बैमनस्यता त्यागेर एक आपसमा मिलेर काम गर्न संस्थाले आग्रह गर्न लागेको हो । हाल दुवै घेदुङले अलग अलग रुपमा ल्होछार मनाउने गरेको छ । नेपाल तामाङ घेदुङ तामाङ समुदायको पहिलो संस्था हो भने राष्ट्रिय घेदुङ भने पछि खुलेको संस्था हो । धेरै बर्ष देखि दुवै घेदुङले अलग अलग समयमा ल्होछार गर्दै आएकोमा कलाकार संघले अव हुने ल्होछार एकै स्थानमा एकै पटक गर्न आग्रह गर्ने भएको हो ।