आरबिआइले दोस्रो कार्यकालका लागि रोक्यो एस बैंकका सिइओको नियुक्ति, ‘विवरण लुकाएको आरोप’ :: BIZMANDU

256


मुम्बइ। भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबिइ) ले निजी क्षेत्रको ‘यस बैंक’ का प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राणा कपुरको कार्याकाल घटाइ दिएको छ।

आरबिआयले तीन बर्षको कार्यकालका लागि नियुक्त भएका कपुरको कार्यकाल चार महिनामा सीमित गरिदिएको हो। आरबिआइले कपुरलाई २०१९ जनवरी ३१ सम्म मात्र काम गर्न पाउने अनुमति दिएको छ।

सेप्टेम्बर २५ मा हुने बैंकको सञ्चालक समिति बैठकले आगामी दिनमा कसरी अगाडि बढ्ने बारे ठोस निर्णय लिने छ। कपुरको कार्यकाल ३१ अगस्टमा सकिँदै थियो। त्यसअघि नै उनलाई पुन ३ बर्षका लागि नियुक्त गरिएको थियो।

यसैमा आरविआइले आपत्ति जनाउँदै कार्यकाल ४ महिनाभन्दा नबढाउन निर्देशन दिएको हो। कपुरलाई किन आरबिआइले निरन्तरता दिन चाहेन भन्ने खुल्न सकेको छैन। स्रोतका अनुसार, कपुरको नियुक्ति बारे आरबिआलाई पूर्ण सूचना नदिइएकाले उनको निरन्तरता रोकिएको हो।




आरबिआइले दोस्रो कार्यकालका लागि रोक्यो एस बैंकका सिइओको नियुक्ति, ‘विवरण लुकाएको आरोप’ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

Source link