काठमाडौं– सभामुख कृष्णबहादुर महराले विषयगत समितिले गर्ने गहन कार्य तथा छलफल संघीय संसदको महत्वपूर्ण सम्पति भएको बताएका छन्।
प्रतिनिधिसभाका १० विषयगत समितिका सभापतिलाई सपथ ग्रहण गराउँदै सभामुख महराले नवनिर्वाचित सभापतिहरुले आफ्नो नेतृत्वदायि भूमिका प्रभावकारी रुपमा सम्पन्न गर्ने अपेक्षा राखेको बताए। सभामुख महराले संघीय संसदलाई प्रभावकारी बनाउन विषयगत समितिको भूमिका महत्वपूर्ण रहने स्मरण गराए।
विषयगत समितिका सभापति निर्वाचनमा ६० प्रतिशत महिलाको प्रतिनिधित्व हुनु महत्वपूर्ण रहेको सभामुख महराको तर्क छ।