
काठमाडौं। १४४ मेगावाट क्षमताको कालीगण्डकी ए जलविद्युत आयोजना मर्मतका लागि १२ दिन बन्द गरिने भएको छ।
असोज ७ गतेदेखि ११ गतेसम्म र कात्तिक ६ गतेदेखि १२ गतेसम्म कालीगण्डकी आयोजनाबाट विद्युत उत्पादन बन्द हुने छ। यसले गर्दा भरतपुर लगायत भरतपुरबाट पश्चिमतर्फ लोडसेडिङ हुने भएको हो।
भरतपुर पश्चिममा १३२ केभी सवस्टेशनबाट विद्युत आपूर्ति भइरहेका घरेलु तथा औद्योगिक क्षेत्रमा आयोजनाको मर्मत सम्भार नसकिएसम्म लोडसेडिङ हुने छ।
आयोजनाको मेन इन्लेट भल्भ मर्मत र युनिट २ को ओभरहलिंग गर्न आयोजना दुई पटक गरी १२ दिन पूर्णरुपमा बन्द गर्नुपर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
दुवै समयमा भरतपुर चितवन पश्चिमका १३२ केभी सव स्टेशनबाट विद्युत आपूर्ति हुने सबै जसो ठाउँमा लोडसेडिङ हुने पनि प्राधिकरणले जनाएको छ।
१४४ मेगावाटको कालिगण्डकी मर्मतका लागि १२ दिन बन्द गरिने, भरतपुर पश्चिम लोडसेडिङ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।










































