उद्योग भाडामा लगाउँदै बसी बसी आम्दानी, करोडौंको घोटाला
भक्तपुर । कुनै पनि देशको विकासका लागि उद्योगको ठुलो महत्व रहेको हुन्छ । यसै अनुरुप भक्तपुरको मौलिक उत्पादन तथा यहाँ आवश्यक सामग्रीको उत्पादनको खातिर औधोगिक क्षेत्र निर्माण भई काम हुँदै आएको छ । जसमा उद्योगीले आफ्ना सामग्री उत्पादन गरेर बजारमा लैजान्छन् । तर भक्तपुरमा उद्योग चलाउने भन्दा भाडामा दिनेको संख्या बढि रहेको छ ।
औद्योगिक निती अनुसार कुनै पनि उद्योगीले आफूले संचालनको अनुमती लिएको उद्योग आफैले संचालन गर्नु पर्ने हो तर भक्तपुरमा भने ठिक उल्टो आफ्नो नाममा भएको उद्योग अरुलाई भाडामा दिदै आफू विचौलियाको काम गर्ने उद्योगीहरुको बोलबोलाई रहेको छ ।
स्वदेशी उत्पादन स्वदेशी ब्यवसायीले उत्पादन गर्दै स्वदेशी कामदारलाई काम लगाउन भनी खोलिएका उद्योगमा भारतीय नागरिकलाई उद्योग भाडामा लगाउँदै उतै बाट आएका कामदारलाई काम लगाउने काम भक्तपुर औद्योगिक क्षेत्रमा भई रहँदा पनि सम्वन्धित निकायले भने कानमा तेल हालेर बसेको देखिन्छ ।
औद्योगीक क्षेत्रमा कम शुल्कमा भाडामा लिएका जमिन बढि मुल्यमा अरुलाई भाडामा लगाउँदै कमिसन खान पल्केका ब्यवसायीले गर्दा भक्तपुर औद्योगिक क्षेत्रमा करोडौंको कर छलि हुँदै आएको छ ।
औद्योगित क्षेत्रले सरकारलाई बुझाउने कर भनै न्यून भएपनि उक्त क्षेत्र भित्रका नाम मात्रका उद्योगीले भने महिनाको लाखौं रुपैँया भाडा खाने गरेको खुल्न आएको हो । साथै आफ्नो नाममा भएको जमिन विक्री वितरण सम्म गर्ने र आफू उद्योगी हो भनी बैंक तथा विक्तीय क्षेत्रबाट लोन लिएर अनेत्र लागनी गर्दै कर छलि साथ साथै बैंक तथा वित्तिय संस्था ठगि समेत गर्दै आएको खुल्न आएको हो ।
यस्तो खेलमा भक्तपुर औद्योगिक क्षेत्र उद्योग संघ कोषाध्यक्ष सुरेशकुमार शुक्ला देखि साना तथा मझैला उद्योग संघका महासचिव रहेका सुमन सुवाल , दिपक तुलाधर लगाएतकाले आफुले उद्योग संचालन गर्नुको सट्टा उद्योग भाडामा लगाउँदै महिनाको लाखौं रुपैँया सम्म भाडा असुल्दै आएका छन् ।
उद्योगको विकास गर्नुका सट्टा जो बुढोपाको उही बाटो हगुवा भन्ने नेपाली उखान जस्तै उनीहरुले नै आफ्ना कारखान अरुलाई भाडामा दिदै आएको स्थानिय बासिन्दाको भनाई छ ।
स्वदेशी उद्यमीलाई प्रत्साहनको लागि खोलिएका औद्योगिक क्षेत्रमा विदेशी नागरिकलाई उद्योग भाडामा दिदै उतै बाट आयातित कामदारहरुलाई काममा लगाउँदा उद्योग मात्र नेपालमा उत्पादन जति सवै विदेशीन गरेको छ ।
यसको समाधानको लागि सम्वन्धित निकायले बेलैमा सोच्नु पर्ने स्थानियहरुको भनाई छ ।
भारतिय नागरिकलाई आफ्ना उद्योग भाडामा लगाउने र उद्योगको कर समेत नतिर्ने साथै औद्योगिक क्षेत्रमा बाटो लगाएत अन्य कुनै कुराको विकास नगरेको भन्दै कुलिर्नेहरु ले आफूले नै उद्योग संचालन गनु पर्ने देखिन्छ ।
Related